Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा हातहतियारको अनुमति लिएर नवीकरण गरेनन्

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २३, नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् ।

हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण गरेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार धैरेले हातहतियार राख्ने इजाजतपत्र लिएका भए पनि ५० प्रतिशत भन्दा कमले मात्रै इजाजत पत्रको नवीकरण गरेका छन् ।

प्रशासनमा १२ बोर बन्दुक २४२, २२ बारे राइफल १५ थान, टोटा पाँच थान,  कटुइ २५ थान,  ब्रिज लोड १२ थान, प्वाइन्ट २२ बन्दुक एक थान, २०५१ बोर एक थान, भरुवा ४ थान, मेनिचर एक थान, एयर गन हवाई बन्दुक एक थान र नखुलेका २८ थान गरी कूल ३३५ ले  इजाजत लिएको तथ्याङ्क छ ।

एक पटकमा दुई वर्षसम्मका लागि इजाजतपत्र नवीकरण गर्न सकिने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।