Skip to content
Friday, July 17, 2026 Nepali Online Media

Author: kit

होलीमा उच्छृङ्खल गतिविधि गर्ने एक महिलासहित ४६ जना

चैत ६, काठामाडौँ । प्रहरीले होलीका नाममा उच्छृङ्खल गतिविधिमा संलग्न ५० जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार काठमाडौका विभिन्न स्थानबाट उच्छृङ्खल गतिविधिमा संलग्न एक महिलासहित ४६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । <

तपाईको मोवाइलमा भएको फोटो डिलिट भयो ? यसरी गर्नुस् रिकभर

काठमाडौं । तस्बीरसँगै हाम्रो कयौँ यादहरु जोडिएका हुन्छन् । आजभोलि स्मार्टफोन पनि राम्रो क्यामेरा भएका साथ पाइने गर्छ । साथै धेरै जसो स्मार्टफोनको मेमोरी पनि बढेको छ । यसकारण मानिसहरु फोटो खिचेर फोनमा नै राख्ने गर्छन् ।

कहिलेकाही झुकिएर वा अचानक केही कारणले फोनबाट फोटो डिलिट हुन्छ, तब हा

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरा न्यूजील्यान्डमा मारिए

चैत ६, क्राइस्टचर्च | सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बुधबार सम्पन्न दाहसंस्कारमा सयौं न्यूजील्यान्डबासी उपस्थित भएर भावपूर्ण विदाई गरेका थिए । 

मौसममा आंशिक बदली: मेघ गर्जनसहित वर्षा हुने

चैत ६, काठमाडौँ | प्रिमनसुनको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली हँुदा आज पनि मुलुकका पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षा हुने देखिएको छ । 

दिउँसो घाम लाग्ने र साँझ पुनः बदली भई क्षणिक मेघ गर्जनसहित छिटफुट वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महा

नबन्दै जीर्ण बन्यो कुशहा–बेल्ही सडक

चैत ६, लहान | ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण सप्तरीको कुशाहा–बेल्ही सडक निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ । राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको काम सम्पन्न नहुँदै जीर्ण बनेको हो । 

एकातिर तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्प

प्रहरीद्वारा विप्लवका कार्यकर्तामाथि ४ राउण्ड गोली प्रहार

चैत ६, काठमाडौं– काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकामा प्रहरीले गोली प्रहार गरेर चार जना नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । 

मंगलबार साँझ रोशी गाउँपालिकाको काफलडाँडाबाट झापा स्थायी घर भएका शिव धिमाल र सिन्धुपाल्चोकका विशाल तामाङलाई नियन

साढे १५ करोड रुपैयाँमा बिक्री भयो एउटा परेवा !

काठमाडौं । हाम्रो गाउँघरमा एक जोडी परेवालाई कति रुपैयाँ पर्ला ? सामान्यतया ५ सयदेखि १ हजार रुपैयाँ । तर, बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ । पक्कै पनि अचम्म पर्नु भयो होला ।

बीबीसीको समाचार अनुसार अर्मान्डो नामक एउटा परेवा १.२५ मिलियन यूरो (नेरु १५ करोड, ५६

भूतापीय प्लान्ट विस्फोटका कारण भूकम्प: अध्ययन

चैत ६, सियोल | दक्षिण कोरियाको दोस्रो सर्वाधिक विनाशकारी भूकम्प अनुसन्धानात्मक भूतापीय (जियोथर्मल) प्लान्टका कारण भएको वैज्ञानिक अनुसन्धानबाट देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । सन् २०१७ मा गएको उक्त भूकम्पले दक्षिणपूर्वी शहर पोहाङमा ठूलो क्षति पुगेको थियो । 

सरकारी अग्रसरतामा

नक्कली नोट बनाएर ठगी गर्ने दुइ जना बागबजारबाट पक्राउ

चैत ६, काठमाडौँ | काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्

दुई दिनपछि सेनाको हेलिकप्टरबाट गर्भवतीको उद्धार

दान बहादुर बुढा | चैत्र ५ मुगु | जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका वडा नम्बर  ५ नेहेरमा दुई दिन देखि सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

वडा नम्बर ५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई आईतबार बिहानदेखि सुत्केरी व्यथा ल

गण्डकी प्रदेशमा कृषि पत्रकारीता तालिम, एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य

पर्वत । नेपालमै पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज

अमेरिकाद्वारा प्रचण्डका लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी

चैत ५, काठमाडौं– संयुक्त राज्य अमेरिकाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का लागि ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । 

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले