काठमाडौं । तस्बीरसँगै हाम्रो कयौँ यादहरु जोडिएका हुन्छन् । आजभोलि स्मार्टफोन पनि राम्रो क्यामेरा भएका साथ पाइने गर्छ । साथै धेरै जसो स्मार्टफोनको मेमोरी पनि बढेको छ । यसकारण मानिसहरु फोटो खिचेर फोनमा नै राख्ने गर्छन् ।

कहिलेकाही झुकिएर वा अचानक केही कारणले फोनबाट फोटो डिलिट हुन्छ, तब हामी सोच्ने गछौँ कि डिलिट भएको फोटो फिर्ता आए कति राम्रो हुन्थ्यो ।

फोटो कसरी सेभ गर्ने त ?

फोटो सेभ गर्नका लागि एउटा उपाय छ हामीसँग, जसको कारण तपाई आफ्नो फोटो सुरक्षित राख्न सक्नुहुन्छ । एन्ड्रोइड स्मार्टफोनमा गुगल फोटोज नामक एउटा डिफल्ट एप हुने गर्छ । तपार्इँ आफ्नो आवश्यक फोटोहरु यस एपमा अपलोड गर्न सक्नुहुन्छ । यो गुगल एकाउन्टसँग लिंक हुने गर्छ र यसमा भएको फोटो गुगल एकाउन्टको स्टोरेजमा गएर बस्ने छ ।

गुगल एकाउन्टमा रहेको फोटो जहाँबाट पनि लगइन गरेर तपाई हेर्न या डाउनलोड गर्न सक्नुनेछ । यदी तपाई आफ्नो स्मार्टफोन परिवर्तन गर्दै हुनुहुन्छ भने पनि यसलाई डाउनलोड गर्न सक्नुहुनेछ ।

अर्को तरिका यस्तो पनि छ

जुन स्मार्टफोनबाट तपाईँको फोटो डिलिट भएको थियो, त्यही फोनमा फोटो रिकभर गर्नका लागि तपाईँ गुगल प्लेस्टोरबाट तेस्रो व्यक्तिको एप डाउनलोड गर्नुपर्ने हुन्छ । यो एपको नाम ‘डिस्कदिग्गर’ हो । यसलाई डाउनलोड गरेपछि तपार्इँलाई फोटो स्क्यान गर्ने अप्शन आउने छ । यसमा क्लिक गरेको केही समय भित्रै तपार्इँको मोबाईलमा यो एपले सबै फोटोहरु खोजेर ल्याउनेछ ।

यसबाट तपाईँलाई जुन फोन चाहिएको हो, त्यो डाउनलोड गर्न सक्नुहुने छ । यसरी तपार्इँ आफ्नो पुरानो डिलिट भएको फोटो फेरि प्राप्त गर्न सक्नुहुनेछ । एजेन्सी

तपाईको मोवाइलमा भएको फोटो डिलिट भयो ? यसरी गर्नुस् रिकभर
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment