2026-06-26 03:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गण्डकी प्रदेशमा कृषि पत्रकारीता तालिम, एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने लक्ष्य

2019-03-20


पर्वत । नेपालमै पहिलो पटक कृषि पत्रकारीता तालिम पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेशका एक पालिका एक कृषि पत्रकार उत्पादन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कृषि ब्यवसाय प्रवद्र्धनका लागि सहयोग तथा तालिम केन्द्र गण्डकी प्रदेश , मालेपाटन पोखराको आयोजना र खोज पाठशाला पोखराको समन्वयमा पहिलो पटक (पहिलो चरण) को तालिम सम्पन्न भएको हो । गण्डकी प्रदेशका २१ वटा पालिकाबाट (पहिलो चरणमा)  उक्त कार्यक्रममा सहभागिता भएको थियो ।

तीन दिन सम्म चलेको तालिममा कार्यक्रमका संयोजक डा.कुलराज चालिसे, आर सी टाइम्स कृषि पत्रिकाका सम्पादक डा.रामचन्द्र बराल ,प्रदेश सरकार भुमी ब्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सचिब शरद चन्द्र श्रेष्ठ ,कृषि ब्यवसाय प्रबद्र्धन सहयोग तथा तालिमकेन्द्र प्रमुख सावित्री बराल, पत्रकार वसन्त अधिकारी, सुशीला अधिकारी लगाएतले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षणको क्रममा बोल्दै मन्त्रालयका सचिब श्रेष्ठले पछिल्लो समयमा युवाहरुको उत्साहजनक सहभागिताले अब्बल पेशाको रुपमा कृषि स्थापित हुने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा सहभागिको तर्फबाट बोल्दै ज्ञानु पङ्गेनी र नारायण भुर्तेलले तालिमले कृषि क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै कृषक र सरकार बिचको दुरी घटाउन कृषि पत्रकार लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

नेपालका सातै प्रदेश मध्य गण्डकी प्रदेश प्रत्येक पालिकामा कृषि पत्रकार उत्पादन गर्ने पहिलो प्रदेश भएको छ । अब गण्डकी प्रदेश अन्तर्गतका बाकी रहेका पालिकाको तालिम दोश्रो चरणमा बैशाखमा गर्ने आयोजकले जनाएको छ ।

एक पालिका एक कृषि पत्रकार 

डा.रामचन्द्र बरालले एक पालिका एक कृषि पत्रकार उत्पादन गर्नकै लागि तालिमको आयोजना गरिएको बताए । नेपालमा अझै पनि कृषि क्षेत्रमा कलम चलाउने (सम्बन्धीत क्षेत्र मात्रै) पत्रकारको अभाव रहेको र आफूहरुले सोही क्षेत्रमा मात्रै कलम चलाउने पत्रकार उत्पादन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले गण्डकी प्रदेशबाट यसको सुरुवात भएको बताए । हामी कृषि क्षेत्रको मात्रै विट सम्हाल्ने पत्रकार उत्पादन गर्ने सोचका साथ अगाडि बढेका छौं उनले भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित