2026-09-03 12:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साढे १५ करोड रुपैयाँमा बिक्री भयो एउटा परेवा !

काठमाडौं । हाम्रो गाउँघरमा एक जोडी परेवालाई कति रुपैयाँ पर्ला ? सामान्यतया ५ सयदेखि १ हजार रुपैयाँ । तर, बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ । पक्कै पनि अचम्म पर्नु भयो होला ।

बीबीसीको समाचार अनुसार अर्मान्डो नामक एउटा परेवा १.२५ मिलियन यूरो (नेरु १५ करोड, ५६ लाख ३० हजार ५६२) मा लिलामी भएको छ ।

तर यो परेवा साधारण परेवा भने होइन । यसले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको उपमा पाएको छ । त्यसैले यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिन्छ ।

यसअघि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । तर, त्यो रेकर्ड अर्मान्डो परेवाले तोडिदियो ।

लिलामी हाउस पीपाका सीईओ निकोलास गाएसेलब्रेख्त भन्छन्-अर्मान्डो परेवा यति धेरै पैसामा बिक्ला भन्ने लागेकै थिएन । उनले भने, ‘हामीहरुले यसको मूल्य यति धेरै होला भन्ने सपनामा पनि सोचेका थिएनौं । हामीलाई आशा थियो कि यो चारदेखि पाँच लाख यूरोमा बिक्ला । एकदमै धेरै भए ६ लाख यूरोसम्म सोचेका थियौं ।’

गाएसेलब्रेख्तका अनुसार चीनका दुई व्यापारीले लिलाम बढाबढमा आफ्नो बोली लगाए । एक घण्टामै ५.३२ लाख यूरोदेखि १.२५ मिलियन यूरोसम्म पुग्यो ।

सबै कुरालाई ध्यानमा राखेर उडान प्रतियोगितामा सहभागी हुने परेवाहरुको मूल्य २५ सय युरो हुन्छ । तर अर्मान्डो अरु परेवाहरु जस्तो सामान्य होइन ।

आफ्नो करियरको अन्तिम तीन दौड यसले जितेको छ । २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको छ ।

उसले थुप्रै प्रशंसकहरु पाएको छ । बेल्जियमको परवेज शहरको स्थानीय पिजन फेसिङ एसोसिएशनका अध्यक्ष फ्रेड वेंकेलीले भनेका छन्, ‘यो परेवा लुईस हेमिल्टन हो र यो खेल इतिहासको सबैभन्दा उत्कृष्ट छ ।’

अर्मान्डो पाँच वर्षको भयो । हाल यसले अवकासको जीवन बिताइरहेको छ । तर उसको नयाँ मालिकले त्यसबाट प्रजनन गराएर उसको वंश उत्पादन गर्ने सोच रहेको बताएका छन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट