By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    1 hour ago
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    19 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    22 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    56 minutes ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 hour ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    22 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: सरस्वती पूजा, अभिभावक र बालबालिका
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > सरस्वती पूजा, अभिभावक र बालबालिका
काठमाडौँ - KTMलेखसुर्खेत - SKT

सरस्वती पूजा, अभिभावक र बालबालिका

साझासवाल
Last updated: February 4, 2017 12:03 pm
साझासवाल
10 Min Read
Share

जीतबहादुर शाह । बसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिन । एकाविहानै देखि बालबालिकाहरु हातमा फूल, अक्षता र अगरबत्ती लिएर सरस्वतीको मन्दिरतिर लर्को लागि रहेका देखिन्छन् । उनिहरुले मन्दिरमा सरस्वती मातालाई पूजा अर्चना गर्दै सरस्वतीमातासँग धेरै कुरा माग्छन् ।

 विद्या माग्छन्, शिक्षा माग्छन्, राम्रो विद्यालय माग्छन्, राम्रो शिक्षक माग्छन्, अन्ततः समुन्नत जीवन माग्छन् । सरस्वती पूजाको दिन उनीहरु आफ्ना अभिभावक र गुरुहरुसँग पनि आशिर्बाद माग्छन् –राम्रो हुने, असल हुने, जेहेन्दार हुने, प्रतिभावान हुने आदि आदि । गुरु र अभिभावकहरु पनि तथास्तु अर्थात पूरा हओस भनेर बरदान दिन्छन् । यसरी नै हरेक वर्ष बसन्त पञ्चमीको दिन हाम्रा देशैभरका बालबालिकाहरु आफ्ना आस्थाका धरोहर – सरस्वती माता, गुरु र अभिभावकसँग आशिर्बाद मागिरहेका हुन्छन् । सरस्वती माता त बोल्दिनन् । 

नबोले पछि आफ्ना भक्तजन ती बालबालिकाहरुलाई के भन्छिन् थाहा हुदैन । गुरु र अभिभावकहरुले भने मुखै खोलेर ‘तिमी असल हुनु, तिम्रो इच्छा पूरा हओस, भाग्यमानी हुनु’ आदि आदि भनेर आशिर्बाद दिन्छन् । तथापि हाम्रा बालबालिकाहरु भने चाहे जस्ता र भने जस्ता हुन सकिरहेका छैनन् ।

हामी मानिसहरु पनि हाम्रा आस्थाका धरोहर देवीदेवताहरुसँग थरिथरिका चिज माग्दा रहेछौं । चाहिने कुरा पनि माग्दा रहेछौं नचाहिने कुरा पनि माग्दा रहेछौं । हामी मध्ये धेरैले त कविशिरोमणी लेखनाथले भने झै ‘मै खाउँ मै लाउँ सुखसयल वा मोज म गरूँ, मै बाँचू मै नाँचू अरु सव मरुन दुर्वलहरु’भन्ने नियतका साथ आशिर्वाद माग्दा रहेछौं ।  त्यसैले पनि देवीदेवताहरुलाई भक्तजनका मागहरु पूरा गर्न हम्मेहम्मे पर्दोरहेछ । 

कानूनसम्मत र न्यायसङ्गत मागहरु नहुने भएकोले हाम्रो समाजमा जस्तै देवीदेवताको समाजमा पनि सधैं सङक्रमण काल नै हुन्छ होला सायद । गतिला र समाज सुधारका लागि आशिर्वाद माग्ने भक्तजनहरु भन्दा अगतिला र व्यक्तिगत स्वार्थसिद्धिका लागि आशिर्बाद माग्नेहरु  धेरै हुने भएपछि देवीदेवताहरुलाई पनि निर्णय गर्न गाहे पर्छ होला । उनिहरु पनि हामी सङक्रमण कालका मानिसहरु झै लामो समयसम्म अनिर्णयको बन्दी हुनुपर्छ होला सायद । सायद त्यही भएर पनि होला हाम्रा बालबालिकाहरुले सरस्वती मातासँग गरेका अनुरोधहरु पनि पूरा हुन हम्मेहम्मे परेको ।

सरस्वती पूजाकै दिन सरस्वतीमातासँग राख्ने मागहरु पनि ब्यक्तिपिच्छे फरक फरक थिए होलान् । कुनै अल्छी शिक्षकले ‘मैले विद्यार्थीहरुलाई नपढाए पनि र विद्यालय नगए पनि मेरो मानसम्मान पनि बढिरहोस र तलव पनि आइरहोस्’ भनेर अनुरोध गरे होलान् । विद्यालयको नेतृत्व राम्रोसँग गर्न नसकेका कुनै विद्यालयको प्र.अ.ले पनि ‘विद्यालय जेजस्तो भएपनि म सधैं सधै प्र.अ. भइरहन पाउँ’ भनेर सरस्वती मातासँग अनुरोध गरे होलान् । 

बाहिर लोकतन्त्र भने पनि भित्र निरङकुशता चाहने राजनीतिक दलका नेता र कार्यकर्ताले ‘यो विद्यालयमा मेरो दलको भन्दा अरु कसैको पनि बीउसम्म पनि नभेटियोस्’ भनेर अनुरोध गरे होलान् । विद्यालयमा योगदान भन्दा पनि बदनाम कमाएका कुनै विद्यालयको विव्यसको अध्यक्ष एवम् पदाधिकारीले ‘म फेरि पनि विद्यालयको अध्यक्ष भएर विद्यालयमा हालीमुहाली गरिरहन पाउँ’ भनेर अनुरोध गरे होलान् । विचरा कोमल मनकी सरस्वती मातालाई भक्तजनका यस प्रकारका थरिथरि मागहरुले अप्ठ्यारोमा पारिरहेको छ होला । मानिसहरुले विद्यालयमा गर्ने क्रियाकलापहरुको आँकलन गर्र्दा आफ्ना भक्तजनहरुले सरस्वती मातालाई गाहे बनाइरहेको कुराको सहज रुपमा अनुमान गर्न सकिन्छ ।

सुर्खेतको माध्यमिक विद्यालय बजेडीचौर अहिले युद्ध हारेर आफन्त लगायत सवथोक गुमाएको एउटा घाइते सिपाही जस्तै देखिन्छ । विद्यालयको भलो चाहने धेरै मानिसहरुले त्यो विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन गर्दा सबै अभिभावक र सवै राजनीतिक आस्था राख्ने मानिसहरुको प्रतिनिधित्व गरौं भनेर धेरै प्रयत्न गरे । महिनौंसम्म खटे । अन्ततः उनिहरु सफल भएनन् । त्यहाँ चुनाव हुने भयो । राजनीतिक आस्थाका हिसावले प्यानल खडा गरियो । त्यही अनुसार नै आआफ्ना उम्मेदवारहरुको व्यापक प्रचारप्रसार सुरु भयो । 

प्रचारप्रसारमा अरु त लागे लागे, शिक्षकहरु पनि रातदिन खटेर लागे । राष्ट्रिय र स्थानीय चुनावहरुमा जस्तै रातविरात घरघरमा गएर मतदाताको सूचीमा भएका अभिभावकहरुलाई दाम दिने काम पनि भयो भन्छन् भुक्तभोगीहरु । 

अन्तमा मतदान हुने दिन बाकसहरु थापियो । मतदान गर्ने अभिभावकहरु अढाइसय जति भए पनि दर्शकको संख्या भने हजारभन्दा बढि थियो । अभिभावकहरुले आफ्ना मतहरु बाकसमा खसाले । मतदान सकिएपछि मत गणना सुरु भयो । मतगणनाको नतीजा सार्वजनिक भयो । एउटा पक्षले जित्यो भने अरुले हारे । अहिले त्यहाँका अभिभावकहरुको मनमा एउटा महसुस भइरहेको छ – ‘चुनावमा कसैले हा¥यौं होला त कसैले जित्यौ होला तथापि विद्यालयको निम्ति भने हामी सवैले हा¥यौं ।’

अहिले बजेडीचौरका मानिसहरुको मन विभाजित छ । जसरी भिन्न भिन्न बाकसमा मतहरु बाँडिए त्यसरी नै दैनिक व्यवहारमा समेत मान्छेहरु बाडिएका छन् । बाँडिएका भन्दा पनि भाँडिएका छन् झै लाग्छ । एउटा चिया पसलमा एकाविहानै बसेर चियाको चुस्कीसँगै आपसमा भलाकुसारी गर्दै शुभदिनको सुरुआत गर्ने बजेडीचौरबासीहरु अहिले त्यसरी बसेर भलाकुसारी गर्न सकिरहेका छैनन् । उनिहरुका भलाकुसारी गर्ने विसौनी र चौतारीहरु फरक फरक भएका छन् । कारोबार गर्ने पसलहरु पनि आआफ्ना भएका छन् । 

सवै भन्दा ठूलो कुरा त जुन जुन उम्मेदवारहरुले पराजय भोग्नु प¥यो तिनका बालबालिकाहरु विद्यालयमा त आउछन् तथापि उनिहरु पनि पराजित मनस्थितिमा आउछन् । शिक्षकहरु पनि विजय र पराजयको मनस्थितिमै विद्यालयमा आउछन् । यो सवै दृश्य टुलुटुलु हेरिरहेका माध्यमिक विद्यालय बजेडीचौरका शिक्षक रुद्र केसी भन्छन् – ‘अरुले के भन्छन् थाहा छैन तथापि मलाई भने यसपालीको विद्यालय व्यवस्थापन समितिको चुनावमा समग्रमा हाम्रो विद्यालय, हाम्रा शिक्षक र हाम्रा बालबालिकाहरुले नराम्ररी पराजयको पीडा ब्यहोर्दै बाँचिरहेका छौं ।’ उनका कुरा सुनेपछि मलाइ पनि अरुले जे जस्तो भोग्नु परे पनि बालबालिकाले पराजयको पीडा भोग्नु नपरे हुन्थ्यो भन्ने महसुस भइरहेको छ ।

हाम्रा कारणले बालबालिकाले हार्नु परेका पीडाहरु खोज्दै गर्दा बग्रेल्ती भेटिन्छन् । एकदिनको कुरा हो, विद्यालय समयमा मध्यपान गर्ने शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालयमा बोलाएर सुध्रिनका लागि परामर्श दिने, अन्यथा मध्यपानको नसा र शिक्षण पेशामध्ये एउटालाई त्याग्नु पर्ने गरी कबुलियतनामा गराउने अभियान अघि बढाएरहेको सिलसिलामा यो पङितकारको कार्यकक्षमा एकजना जना मध्यपानको बानी भएको शिक्षक विद्यालयको चिट्ठी सहित हाजीर भएका थिए । 

ती शिक्षकको साथमा प्लस टूमा अध्ययनरत उनकी छोरी पनि आएकी थिइन् । हामीले उक्त शिक्षकलाई सबै कुरा सोध्यौं । उनले कहिलेकाही नसा सेवन गरेर विद्यालय जाने कुरा पनि स्वीकार गरे ।  हामीले नसा र शिक्षण् पेशा सँगै जान सक्दैन भनेर उनलाई राजीनामा दिन भन्यौं । उनले ‘अवदेखि यसरी विद्यालय समयमा कहिल्यै पनि मध्यपान नगर्ने कागज गर्छु’ भने । सँगै बसिरहेकी उनकी छोरीलाई हेरेँ । उनको अनुहार पीडा, लज्जा र आत्मल्गानीले रातो भइरहेको थियो, आँखा रसिला भइरहेका देखिन्थे । मैले उनलाई सोधे – ‘बाबालाई के गर्ने हो त नानू ?’ उनले बोल्न असहज हुँदाहुदै पनि भक्कानिएर बोलिन – ‘यसरी पिउने काम नगरिदिए हुन्थ्यो बाबाले ।’

मैले माथि उल्लेख गरेको घटनामा पनि केही गरौं भन्ने उमेर र सपना भएकी एउटी किशोरीले आफ्नो जीवनमा पराजय महसुस गरिरहेको दृश्य देख्नु पर्दा दुःख लाग्यो ।  हरेक सन्ततिको झै उनको पनि सपना छ –‘मेरो बाबा असल हओस्, प्रतिष्ठित र सम्मानित जीवन बाँचिरहेको हओस् । बाबाले आर्जन गरेको मानसम्मान, प्रतिष्ठा र सम्पतिले आफ्नो जीवन समेत सम्मानित र प्रतिष्ठित बनाउन टेवा पुगोस् ।’ तथापि त्यो  नभेटे पछि उनलाई आत्मग्लानी भयो त्यस्तो बाबाकी छोरी हुनु परेकोमा । पीडा र लज्जाबोध भयो आफ्नो सम्मान र प्रतिष्ठामा समेत बाबाको कारणले आँच आएकोमा । उक्त शिक्षकलाई एक हप्ता कार्यालयमा हाजीर बनाएर अन्ततः अवदेखि मध्यपान नगर्ने र गरेपछि यही कबुलियतनामालाई राजीनामा मानी स्वीकृत गरेमा मञ्जुर हुने भनेर कागज त गरायौं तथापि उनकी छोरी ती किशोरीले बिजय र आत्सम्मानको महसुस गर्न सक्छिन् कि सक्दिनन् त्यो भने यकिन गर्न सकिएन ।  

ती किशोरीको आत्मग्लानीले भरिएको मन आत्मविश्वासले भरिन्छ कि भरिदैन त्यो पनि यसै भन्न सकिएन । आशा गरौं, सरस्वती माताको आशिबार्दले अनाहकमा एउटी किशोरीले जीवनमा पराजय महसुस गर्नुपर्ने छैन ।

हामीले गर्ने गलत क्रियाकलापका कारणले हाम्रा बालबालिकाहरुले पीडा र पराजय महसुस गर्नु परेका दृष्टान्तहरु खोज्दै गर्दा धेरै भेटिने गर्दछन् । कतै अभिभावकले समयमा विद्यालयमा बुझाउनु पर्ने शुल्क नबुझाइदिएको कारण बालबालिकाले अपमानित हुनु परेका घटनाहरु पनि भेटिन्छन् । कतै अभिभावकहरुको कलह र कचिङ्गलका कारण बालबालिकाहरु चेपुवामा परेका घटनाहरु पनि भेटिन्छन् । कतै अभिभावकमाथिको रिसका कारण बालबालिकाहरुलाई बन्धक बनाएका घटनाहरु पनि भेटिन्छन् । 

समग्रमा हाम्रा यी हरकतहरु शोभनीय होइनन् । हामीले केही गर्न नसके पनि हाम्रा बालबालिकाहरुलाई केही गर्न सक्ने गरी अघि बढाउनुको अर्को विकल्प देखिदैन । हाम्रो र हाम्रो देशको भविष्यलाई हरेक हिसावले सुन्दर र समुन्नत बनाउनका लागि उनीहरुको भविष्यलाई सुन्दर र समुन्नत बनाउनुको पनि अर्को विकल्प देखिदैन । 

त्यसैले बालबालिकाले पीडा र पराजय बोध गर्ने गरी कसैले पनि केही काम नगरौं र त्यो किसिमबाट मठमन्दिर पनि धाउने नगरौं । किनभने आजको बालबालिकाहरुको अनुहार र अवस्था हेरेर भोलिको देशको अनुहार र अवस्था आँकलन गर्न सकिन्छ । सवैलाई चेतना भया । 

 

Share This Article
Facebook Email Copy Link Print
Previous Article रोल्पामा १ हजार ४ सय १२ उद्योग सञ्चालनमा
Next Article ‘सांसद भाडामा ल्याएमात्रै संशोधन प्रस्ताव पारित हुन्छ’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMखेलकुदमुख्य समाचार

युनिटी कप अन्तरराष्ट्रिय क्रिकेट : नेपालले वेस्ट इन्डिजसँग खेल्दै

10 months ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

महिलाका लागि छुट्टैं बैंक स्थापना गर्ने तयारी

57 years ago
अर्थ/विकासकपिलवस्तु - KPLकाठमाडौँ - KTM

कपिलवस्तुका उखु किसानहरु सरकारले दिने अनुदान नपाएकोमा चिन्तित

57 years ago
काठमाडौँ - KTMराजनीति

एमाले र माओवादी कार्यकर्ताले आफ्नो उम्मेदवारमाथि सांघातिक आक्रमण गरेको राप्रपाको आरोप

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?