By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
1 day ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
12 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
14 hours ago
लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
15 hours ago
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
18 hours ago
यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
2 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
४१.१७ अंकले बढ्याे सेयर बजार
14 hours ago
सुनचाँदीको मूल्य बढ्यो
18 hours ago
शेयर बजारमा उच्च अंकको वृद्धि
4 days ago
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
5 days ago
बुधबार १४ अंकले बढ्यो नेप्से
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: लिने र दिने क्रममा नयाँ र पुराना वर्षहरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > लिने र दिने क्रममा नयाँ र पुराना वर्षहरु
पर्बत - PBTलेख

लिने र दिने क्रममा नयाँ र पुराना वर्षहरु

साझासवाल
Last updated: April 14, 2017 12:40 pm
साझासवाल
20 Min Read
Share

राजु विक

घडीले पाँच बजेदेखि नै आलाराम लगाउन थालेको थियो तर टेढिएन । छ बजे मात्रै उठेँ । मेरा छोराछोरी, जीवनसखी अझै निद्रालोकमै थिए । आमा र बुबा उठेर दैनिक नित्यकर्म गर्दै हुनुहुन्थ्यो । म दैनिक नित्यकर्म सकेर कपडा लगाउँदै थिएँ । आमाले चिया लिएर आउनु भयो । चिया पिउँदै थिएँ । भाइको छोरा सागर हयाप्पी न्यू यार ठुलाबाबा भन्दै आइपुगे । उनलाई मेरो शुभकामना लिन पनि निकै हतारो थियो । मलाई जस्तै अरुलाई पनि नयाँ वर्षको शुभकामना बाँड्न उनी हिँडिसकेका थिए । म हतार हतार गर्दै नयाँ वर्षको उपलक्ष्यमा गण्डकी नुहाउनका लागि मोदीबेनी पुण्यधाम तिर दौडिएँ ।

कुश्मा ज्ञादी झोलुङ्गे पुलमा धेरै मानिसहरु आतेजाते गर्दै थिए । धेरै जसो चिनेका मान्छे । सबैलाई नमस्कार र नयाँ वर्षको शुभकामना बाँड्दै अगाडि बढेँ । खेलमैदानबाटै सशस्त्र क्यामलाई फन्को मार्दै मुडिकुवा कुश्मा जोड्ने आकाशे पुलको मुखमा पुग्दा मेरा दुबै पैतलाले सिँढीहरु गन्न थालिसकेका थिए । भिरमा आमाको पिठ्यूँमा झुण्डिएका बालबालिका झैँ झुण्डिएका सिँढीहरुको कुनै उचाइ थिएन । न त थियो होचाइ नै । कुनै इतिहास थिएन । न त थियो वर्तमान र भविष्यनै । कुनै आफन्त थिएनन् । न त थिए पराइ नै ।

देवताहरुले हालेको स्वर्गको पुलझै आकाशको गर्भमा टाँसिएको पुल थियो मुडिकुवा कुश्मा जोड्ने झोलुङ्गे पुल । पुलको मुखमा उभिएका सशस्त्र पुलिसहरुको जमातले आउने जाने असंख्य तिर्थयात्रीहरुलाई नववर्षको सलाम ठोकिरहेका थिए । लाग्थ्यो, उनीहरु आआफ्नै शैलीमा मौन र प्रेमी पाराले शुभकामना बाँडिरहेका थिए ।

पुलमुनि स्वागत र प्रेमको शीतल छहारी बाँड्नका लागि उभिइरहने सालका रुखहरु थिएनन् । त्यहाँ त थिए केबल अवशेष धरी जरा र ठेट्नाहरु । बिचरा कहाँ गए हुनन् ती । उभिइरहन्थे ती । भिरमा । पिरमा । पहरामा । छहरामा । आगोमा । पानीमा । कहिल्यै पनि उभिन छाडेका थिएनन् तिनीहरु । हाम्रै लागि । संसारका लागि । संस्कारका लागि । सभ्यताका लागि । जीवनका लागि उभिन्थे ती । धेरै चराहरु ससाना गुँड बनाउथे तिनैका हाँगमा । वासन्ती कोकील लुकी लुकी गीत गाउँथ्यो तिनैको मञ्जरीमा । खै कहाँ छन् ती ? कहाँ गए हुनन् ती ? कहाँ लगियो होला तिनलाई ? आज भेट्न पाइएन । भोलि के हुन्छ ? लाग्छ । आज मैले धेरै प्रियजन गुमाइरहेछु ।

ओरालोमा । उकालोमा । धेरैलाई भेटियो । चिनेका । नचिनेका । प्रिय । अप्रिय । मोटा । दुब्ला । धनी । गरिब । जितेका । हारेका । सुखी । दुःखी । पापी । धर्मी । कर्मी । सर्मी । सबै अनुहार भेटियो ।

धेरै जसो मोटा र बूढा आमाहरु बाटोमा भेटिने सबैलाई नयाँ वर्षको  शुभकामना बाँडिरहेका थिए । युवतीहरु कुन्नि के सोचेर हो मस्किरहेका थए । सुकिला र दर्बिला युवाहरु देखिन । थिए त केवल माथि बन्दुक बोकेर मौन रुपमा स्वागत र शुभकामना बाँडिरहेका सशस्त्र प्रहरी जवानहरु । जो माथि नै छोडिइसकेका थिए ।

उकालोमा । ओरालोमा । भेट्ने र छुट्ने युवक भनौँ या वृद्ध जसलाई सास लिन र छोड्न नै धौ धौ थियो । आफ्ना शरीरभन्दा ठूला भुँडी बोकेर उनीहरु रेलिङ या जीवनसखा हुन या अरु कुनै दर्बिला युवतीहरुका हात समातेर धकारो मेटाउँदै थिए । लाग्छ । उनीहरु गाडा तानेका वयल जस्तै थकित छन् । थकाइको केही अंश नव वर्षको उपलक्ष्यमा कालीको सङ्लो पानीमा बगाएर हलुको भएर फर्किदै छन् ।

पुरानो वर्ष छोड्न र नयाँ वर्ष लिनका लागि मोदीबेनी धाम हिँडेका र फर्केका धेरै तिर्थयात्रीको भीड छिचोलेर अगाडि जान नपाएपछि केही अर्धवयष्क महिलाहरुको पछिपछि हिडिरहेँ । उनीहरु शुभकामना बाँड्दै थिए । उनीहरुको शुभकामनाको एउटा वाक्य मेरो मनमा अड्किरहयो । “नयाँ वर्षसँगै नयाँ चुनाव आएको छ । नव वर्षले हाम्रो पार्टीलाई जिताऊन् ।”

मेरो मन थामिएन । भनिहालेँ । “पार्टी त सबैको हुन्छ । चोरको । सादुको । केटाकेटीको । बूढाबूढीको । सज्जनको । दुर्जनको ।”

“कमिलाको । धमिराको । किराको । फट्याङ्ग्राको ।”

“उड्नीको । गुड्नीको ।”

“झारपातको । रुखबिरुवाको ।”

“जिउनीको । मर्नीको ।”

“सबैको पार्टी हुन्छ । यी सबै जित्न चाहन्छन् । कोही पनि हार्न चाहँदैनन् । एउटाले हार्ने र अर्कोले जित्ने जित कदापि जित हुँदैन । सबैले जित्ने जित मात्र जित हुन्छ ।”

एक जना महिलाले उपेक्षापूर्ण ढङ्गले सोधिन । “त्यो जित कुन जित हो त ?”

“त्यो जित देशको जित हो दिदी । देशले जितोस भन्नुहोस् । देश विदेशका नेपालीले जितुन भन्नुहोस् । समग्र मानव जातिले जितोस भन्नुहोस् । समग्र प्राणी जातिले जितोस भन्नुहोस् । समग्र पृथ्वीले जितोस भन्नुहोस् । समग्र व्रह्माण्डले जितोस भन्नुहोस् ।”

मेरो कुराको प्रभावले हो या अपरिचितसँग पनि परिचितसँग झैँ बोल्दै हिँड्ने बानीको प्रभावले हो । एक मिनेट सबै जना रोकिएका थिए । विष्मयसूचक आँखाले मैलाई हेरिरहेका थिए ।

हो । त्यहाँ कुनै अर्थ थियो । भाव थियो । सम्बन्ध थियो ।

कतै मिठो । कतै तितो । कतै स्वीकार्य । कतै अस्वीकार्य सम्बन्ध थियो ती नजरमा ।

पहिरोले लुछेको । थिचेको । मिचेको । पिसेको एउटा घुम्ती थियो । धेरै लाइन थिए आउने जाने । एउटा लाइनमा घुुसेँ । ती प्रिय नजरहरुलाई विदा गरेँ ।

माथि जाने । तल झर्ने । एउटै खुड्किलाहरु । जीवन चक्रका निर्माताहरु । उभोगति र उधोगतिका निर्णायकहरु । प्रिय । अप्रिय जनहरु । भावना । कल्पना । सपना । जपना । सम्झना । बिर्सना । तिर्सनाहरु गनिन छोडिएका थिए ।

जो खुड्किला थिए । खुड्किला हुन् । र खुड्किला नै रहने छन् । रहिरहने छन् ।  जसले किच्नेहरुलाई पनि उठाउन छाडेनन् । छाड्ने छैनन् ।

हो । तिनै खुड्किला । जो मिच्नेहरुलाई पनि जिताउन छोड्दैनन् । तलका लाई माथि जान सघाउँछन् । माथिका लाई तल आउन सघाउँछन् ।

हो तिनै खुड्किलाहरु गनिन छोडिएका थिए ।

पहराका ती खुड्किलाहरु खौप्दा एक जना श्रकिकको आँखा फुटेको थियो ।

हुन सक्छ त्यस्तै खुड्किलाहरु खोप्दा कयौँ श्रमिक उछिट्टिएर परमधाम पुगेका थिए । कुनै घाइते र अपाङ्ग बनेका   थिए ।

हुन सक्छ आज तिनै । यिनै खुड्किलाहरुमा अचल मूर्ति झैँ बसिरहेछन् । उमिरहेछन् । ढुकिरहेछन् । अनि जीवनको भीक्षा मागिरहेछन् ।

अनि हामीले ! उनीहरुलाई ! माया, सम्मान, अपमान, घृणा, तिरष्कार र लाञ्छनाका मुठीचिम्टी बाँडिरहेछौँ ।

सबैलाई बिर्सिएर मेरा पैतला खुड्किला गन्न छोडिरहेका थिए । हो तिनै खुड्किलाहरु मेरा पदचापहरुमा अनुभूत  थिएनन् ।

तल दुइटा पसल । जो आफ्ना पुराना दिनको सम्झनामा रोइरहे जस्ता । कस्ता कस्ता ।

मानौँ ती दुई तपस्वी तिनै दिन फिराउन समाधिस्त छन् ।

जो ईष्ट र दुष्टका दुई पाटा जस्ता । कस्ता कस्ता ।

तल एउटा पुल । झोलुङ्गो झैँ थियो । दुधे बालकलाई बोकेर डोलिदै थियो डोलाझैँ । दायाँ । वायाँ । लठ्ठा समातेका यात्रुहरु त्यसैमाथिको चमत्कार हेरिरहेका थिए । त्यो स्वर्गको पुल । पुलमाथिको पुल । एउटा चमत्कार । एउटा सत्य र असत्यको अग्नि परीक्षा । त्यो विज्ञानको वरदान ।

ईश्वर ! कुनै दिन अभिशाप नबनोस्  ।

एउटा विशाल मैदान । किनारै भरि उभिएका तुलसीका मोठ । दक्षिणमा पहरा मुनि उभिएको रातो पानी टङ्की । एउटा लामो, रातो, सेतो, तरुण हवाइ घरको अगाडि उभिएको जीर्ण, रुग्ण लामो ससाना र अध्याँरा कोठा भएको लामो वृद्धघर जो वृद्धवृद्धालाई प्रेमले काखमा लिइरहेछ । एक नवजात शिशुलाई आमालेझै प्रेमका चुम्बनहरु वर्षाइरहेछ । हो त्यसैको वात्सल्यमा बिचराहरुका घृणा, तिरष्कार र अपमानका घाउहरु पुरिदै आउँछन् । खाता बस्दै आउँछन् । अगाडिपट्टिका एकलहरका मन्दिरहरु । आउँदै जाँदै गरेका मानिसहरु । सबैलाई छोडेर एउटी पगल्नी जस्ती, माग्नी जस्ती, मान्छेजस्ती, अमान्छेजस्ती कस्ती कस्ती वृद्ध आमा । एउटा मोठमा सुकिरहेको तुलसीको मोठसँग कुरा गरिरहेकी थिइन । जरा कोट्याउँदै थिइन । काण्ड सुमसुमाउँदै थिइन । बोलाएँ । एक आज्ञाकारी बालकझैँ आइन । “के गरेको ?” सोधेँ ।

“मैले सारेको तुलसीको बोट मरेछ । कतै पलाउँछ कि ? आँकुरा हाल्छ कि ? भनेर हेरेकी ।”

ंआँखा रसाए । खल्तीबाट पाँचका तिनवटा नोट निकालेर दिएँ । समात्न मानिन् । करै गरेँ । सारङ्गी भुँडीमुनि झण्डिएको पटुकाको पोकोमा घुसार्नका लागि इसारा गरिन । सानो चरबाट हेर्दा त्यो पोकामा ढुङ्गा र स्याउला मात्र थिए । किन राखेकी होलिन त्यो । फाल्न भनेँ । मानिनन् । हिँडिन । पछाडि हेर्दै जाँदै थिए । कसैले दुइटा केरा दियो । लिन इन्कार गर्दै थिइन् । बलै हातमा थमाइदियो । उनले फेरि बोलाउँदै भनिन् । “आज कुन दिन हो ? कति गते हो ?”

“नव वर्ष हो आमा । एक गते हो आमा ।”

“त्यसो भने यो केरा खाम तो ?”

“खानुहोस् ।”

हाय जिन्दगी तैले दुनियाँलाई किन यस्तो गति र मतिको प्रसाद बाँड्दछस्

दोबाटोमा उभिएर काली र मोदीखोलाको दोभान हेरेँ । वारि, पारि, नजिक, टाढा समाधिहरु देखिन्थे । तिनै समाधिहरु मध्ये कुनै थिए ।

मैले चिनेका । जानेका ।

मेरा ईष्ट । दुष्ट ।

मेरा मित्र । शत्रु ।

मेरा आफन्त । पराइ ।

सबैलाई अन्तिम दर्शन गरेको विशाल र साझा घर थियो त्यो ।

त्यसैको ढोकामा बसेर मैले इतिहासका पाना पल्टाएँ । तिनै पानामा भेटेँ । उनीहरुका गुण र अबगुण ।

अबगुणलाई माफी दिएर प्रेम र पश्चातापका दुई थोपा आँसु झारेँ ।

मनमनै भनेँ ।

“हे मेरा प्रियजन ! उठिदेऊ न एकैछिनलाई । भत्काइ देऊ न एकै छिनलाई यो समाधि । खोलिदेऊ न यो विशाल र साझो घरको ढोका । र भनी देऊ न – हामी यहाँ छौँ । तर मन त उहाँ तिमीहरुसँगै छ । हाम्रा सपना जपना उहाँ तिमीहरुसँगै छन् । के गर्ने बल्ल बुझियो जीवनको मूल्य । समाजको मूल्य । आफन्तको मूल्य । प्रेमको मूल्य । मागेर पाइने भए अहिले त्यही ठाउँ माग्ने थियौँ । तिमीहरु नै माग्ने थियौँ । तिमीहरुकै प्रेम माग्ने थियौँ । र सबैलाई भन्ने थियौँ स्वर्गको समाजभन्दा हाम्रै समाज राम्रो रहेछ । सुखी रहेछ । भोग र स्वार्थको कालोपट्टी बाँधेकोले देखेका रहेनछौँ । अब त्यो कालो पट्टी हामीले पनि हटायौँ । तिमीहरु पनि हटाऊ । आऊ मिलिजुली बाँचौँ । बाँडिचुँडी खाऊँ । सँगै  हासौँ । सँगै रोऔँ । सँगै गाऊँ । सँगै नाचौँ । भत्काऊँ असमानताका पर्खालहरु । पुरौँ विभेदका खाडलहरु । ……….”

धकेलिदा धकेलिदै पुगेँ तल । ध्यान भङ्ग भयो । सहश्रधारा कहिले बनेछन् । कहाँबाट बगिरहेछन यी ? कहाँबाट आए यहा भेटिन ? पहाडको कोखबाट ? या कालिको कोखबाट ? कहाँबाट आए यी ? कसले ल्यायो यिनलाई ? कसरी आए   यिनी ?

तल किनारामा नाङ्गा महिला, पुरुषको लहर । कोही कालीको चिसो पानीमा डुबुल्की मार्दै थिए । कोही पालो कुर्दै थिए । कोही धुप जलाउदै थिए । कोही फुल चढाउदै थिए । एकजना युवती मलाई घचेट्दै भिरमा उनीन आइपुगिन् । भिरमा फुलिरहेका फुल टिप्नु थियो तिनलाई । चढाउनु थियो कालीगण्डकीलाई । तिनको असफलतालाई सान्त्वना दिंदै भनेँ – “मैया ! आत्माभन्दा सुन्दर फुल दुनियामा कहीँ पनि छैन । यो न कहिल्यै ओइलाउँछ न त कहिल्यै झर्छ । यसका लागि न कुनै मौसम र गोडमेल नै चाहिन्छ । यही चढाऊ तिम्रो ईश्वरलाई । यदि छ भने उसले तिमीलाई तृप्ति दिने छ । सुख, शान्ति र समृद्धि दिने छ ।” लजाए जस्ता, रिसाए जस्ता, प्रेमका जस्ता, डाहाका जस्ता, प्रिय जस्ता, अप्रिय जस्ता कस्ता कस्ता आँखा देखाउँदै उनले बाटो छोडिन । म पनि अरु भक्त झैँ पुगेँ कालीको किनारामा उभिन ।

डुबुल्की मार्दै गरेका एक जना बूढाले भने, “तिमी पनि आऊ छोरा ।” घोरिएर हेरिरहेँ ।

धेरै पछि भनेँ, “बा ! म जीवनको नवीकरण गर्न आएको हुँ । २०७३ सालमा मरिन । यदि मरेको भए कहिल्यै पनि नफर्किने गरी डुबुल्की मार्न आइपुग्थेँ । अब २०७४ को विदाइ र २०७५ को स्वागतका लागि अर्को नव वर्षको विहान पनि आउन पाऊँ भन्ने याचना समेत गर्न आएको हुँ म त ।”

बूढा हाँस्दै किनाराका कपडा लगाउँदै थिए । म पञ्चस्नान सकेर प्रार्थना गर्न लागेँ । एकै छिनमा बूढा थिएनन् ।

आकाशतिर हेर्दा कुश्मा कैया जोड्ने झोलुङ्गे पुलका यात्रुहरु पैतलाको धुलो टकटकाउदै थिए कालीमा । र माग्दै थिए नयाँ जीवन यात्रा र गन्तव्य । त्यहाँभन्दा माथि आकाशमा यान्त्रिक पुल उड्दै थियो । अझै माथि बन्दिजमका लठ्ठा ठूलीएकादशीका तोरणझैँ लहराउँदै थिए । बग्दै थिए हावामा । फहराउदै थिए ती एक्काइसौँ शताब्दीका प्राविधिक ध्वजापतका ।

सहस्रधाराको पानी हातमा थाप्दै माथि नरसिंहको मन्दिरमा आइपुगेँ । भक्तजनहरुको ठेलम ठेल थियो । हाम्रै बाले बनाएको मन्दिर न हो त्यो । लाग्यो दर्शन गरुँ । एक जोडी तिखा आँखा मलाई घुर्दै थिए । म अपमानले गलेर नरसिंहको दर्शन गर्न जान सकिन । बाहिरैबाट अपमान र तिरस्कारको टिका र आशीर्वाद थापेर फर्किएँ ।

धेरै अनुभूति थिए मनभरि । भेटिएका सबैसँग नयाँवर्षको शुभकामना बाँडियो । लिइयो ।

कुश्माज्ञादी झोलुङ्गेपुलको मुखमा एउटा मानिस मुरली बजाएर बसेको थियो । बिके दर्जीको याद आयो । उनी यहाँ यसरी नै बस्थे । उनको सम्पूर्ण गुण अबगुण मनमा फिलिमी चित्र झैँ खेलिरहेका थिए । निष्कर्ष निकाल्दै थिएँ । उनी महान कलाकार थिए । कलाले बाँच्न सकिन्छ भन्ने पाठ सिकाउने व्यक्ति थिए । तर जीवन, समाज र कला मिलीजुली बस्ने चिज रहेनछन् । अन्तिम दिनसम्म यसै पुलमा रुँदै मुरली बजाएर बसेका देखिन्थे । मानिसहरुका मान अपमानका प्रसाद थापेर मुरली बजाएका देखिन्थे उनी यहाँ । सोच्दै थिएँ । हेर्दै थिएँ इतिहासलाई । वर्तमान दुइटा हात जोडेर मेरो प्रतिक्रियाको प्रतीक्षा गर्दै थियो ।

ओ ! म त मुरली बाधकको नजिकै आइपुगेछु । तिनी त रहेछन् उनै बिके दर्जीका जेठा छोरा बाबु । मेरा प्रिय बाबु  दाइ । मेरा साथी । मेरा मित्र । मेरा छिमेकी । उनी डराउदै भन्दै थिए, “भाइ ! मैले हारिसकेँ । अब मेरो केही उपाए भएन ।”

आज मैले उनलाई गाली गरिन । स्वाभिमान र संघर्षको पाठ पढाइन ।

निशब्द भएँ म । अवाक भएँ म ।

पाँचका दुइटा नोट झिकेर दिएँ । अल्लि पर उभिएर केके सम्झिने प्रयास गर्दै थिएँ ।

उनको मुरली बजिरहेको थियो ।

मुरलीका धुनमा बगिरहेका थिए जीवन कहानी । जीवनका सुख । दुःख । कालीका शान्त र अशान्त रुप झैँ अविरल बगिरहेका थिए । समाजका आस्था र अनास्थाका रुप ।  धर्र्म र कर्मका मर्म ।  सुख र दुःखका गीतहरु । अविरल बगिरहेका थिए जीवनहरु । अनुभूतिहरु ।  ………

घरमा आएँ । कता कता के हो के गुमाए जस्तो लागिरहेको थियो । धेरै सम्झिने प्रयास गरेँ । सुझमा आएको थिएन ।

छोरी निर्णायिका आएर सम्झाइन । “आज ममीको जन्म दिन ।” बाहिर बुबाले गाीता दिदीलाई पनि जन्म दिन र नव वर्षको शुभकामना फोनबाट पठाउँदै हुनुहुन्थ्यो । सम्झिएँ । आज नव वर्ष २०७४ को पहिलो दिन । वैशाख एक गते ।  मेरी जीवनसखा सोनिया पाठेश्वरी जाने तयारी सुनाउदै आइन् । मैले उनलाई नव वर्ष र जन्मदिनको शुभकामना दिएँ । बुबा र आमाले टिका लगाउँदै नव वर्षको शुभकामना र आशिर्वाद दिनुभयो ।

जीवनसखा सोनिया, छोराछोरी निर्णायिका, निहारिका र निरञ्जन मन्दिर पुगिकन आइसकेका थिए । मैले मेरा पाठकको एउटा प्रश्नको जवाफ सोच्दै थिएँ । “आजभोलि तपाइका लेख कता हराए ?” को उत्तर बन्न सक्छ कि नव वर्ष २०७४ को एक विहानको अनुभूति । निर्णय लिदैँ थिएँ ।

छोरा निरञ्जन र निहारिका लुसुक्क आएर भन्न थाले ।

निरञ्जन ः बाबा ! बाबा ! आज भगुमान रुनु भएको छ ।

म ः किन छोरा ?

निरञ्जन ः मान्छेले भगुमानलाई फोहोर गरिदिएर ।

निहारिका ः अब भगुमान रिसाउनु हुन्छ ।

म ः अनि के गर्नु हुन्छ छोरी ?

निहारिका ः अनि हामीलाई माऽऽ गर्नु हुन्छ ।

आफैलाई सोधेँ, “यी चार वर्षका मेरा जुम्ली छोराछोरीको यो बालबोलीमा यो के हालिदयौ भगुमान ?”

धेरै जिम्मेदारी मेरै प्रतीक्षा गर्दै थिए । धेरै व्यस्तता र बाध्यताहरुको माझमा उठ्ने प्रयास गर्दै थिएँ । हयाप्पी न्यू यार

भन्दै निर्णायिकाका साथीहरु आइपुगेका थिए । हतार हतार तयारी सक्दै घरबाट हिडेँ ।

बाटोमा सोच्दै गएँ ।

वर्ष ।

समय ।

यसको कुनै आदि, मध्य र अन्त्य छैन । न यो नयाँ हुन्छ । न यो पुरानो हुन्छ । यो त कालीगण्डकी झैँ अविरल बगिरहने गति, शक्ति र रुप मात्र न हो । यसैको कुनै एक विन्दुबाट शुरु हुने र विलय हुने यात्रा न हो जिन्दगी । नव वर्ष त एउटा संस्कार न हो । बानी न हो । यसै आस्थाको आधारशिलाबाट जन्मिएका हाम्रा शुभभाव अमर बनून् ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article माओवादीले वैशाख ९ गतेसम्म सबै उम्मेदवारको टुंगो लगाउने
Next Article बूढीगण्डकीको मुआब्जा वितरण सुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMलेख

पछाडी बस्नेलाई हेल्मेट अनिवार्य गर्नुपूर्व नेपालमै हेल्मेट कम्पनी खोल्नेबारे सोच्ने कि सरकार !

57 years ago

दोहोरो चरित्र देखाउँदै जिविस-भिडियो सहित

57 years ago

रानिपानीमा युवा महिला समुह गठन

57 years ago
काठमाडौँ - KTMपर्बत - PBTसमाज

अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गर्ने देवर भाउजु जेल चलान

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

• ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
• फोन नम्बर: +977-01-4412988 | +977-9802398980
• इमेल: [email protected]
• सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

• गृहपृष्ठ
• हाम्रो बारेमा
• विज्ञापन
• नियम र शर्तहरू
• गोपनीयता नीति
• सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?