२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने

२०७५, २४ मंसिर सोमबार ०७:१२

मङ्सिर २४, काठमाडौँ | नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ । 

उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने रु एक अर्ब ९१ करोड ६२ लाख सात हजार ८२० शेयर लाभांश शेयरधनीलाई वितरण गर्न लागिएको हो । त्यस्तै उक्त चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् रु दुई अर्ब ३४ करोड २० लाख ३१ हजार ७८० नगद लाभांश वितरण गर्न लागिएको हो । 

फरवार्ड कम्युनिटीको लाभांश ४५ प्रतिशत 

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पनि आव २०७४/७५ को नाफाबाट २५ प्रतिशत लाभांश शेयर र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत असार मसान्तसम्म सो कम्पनीको चुक्ता पूँजी रु ३० करोड एक लाख ६५ हजार ७०० कामय भएको छ । 

दुई कम्पनीको शेयर मूल्य समायोजन 

यस्तै नेपाल स्टक एक्सचेञ्जमा आज दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था र तिनाउ विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको हो । सूर्योदय लघुवित्तले ४२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेसँगै प्रतिकित्ता एक हजार एक रुपैयाँमा शेयर मूल्य समायोजन गरेको हो । सो कम्पनीको औसत आधारमूल्य रु ८७९ रहेको छ । 

त्यस्तै तिनाउ विकास बैंकको १२ प्रतिशत लाभांश शेयरपश्चात् प्रतिकित्ता रु १५७ शेयर मूल्य रहने गरी समायोजन गरिएको छ । सो बैंकको औसत आधारमूल्य रु २३४ रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी