By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    15 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    18 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    21 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    18 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: निगमको आन्तरिक उडानमा दुई ट्वीनअटर जहाज मात्रै
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > निगमको आन्तरिक उडानमा दुई ट्वीनअटर जहाज मात्रै
अर्थ/विकासकाठमाडौँ - KTM

निगमको आन्तरिक उडानमा दुई ट्वीनअटर जहाज मात्रै

साझासवाल
Last updated: July 30, 2020 10:58 am
साझासवाल
5 Min Read
Share

सिबी अधिकारी । साउन १५, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानमा रहेका छ चिनियाँ जहाजको व्यावसायिक उडान बन्द गरेको छ । चिनियाँ जहाज नउडाउने भएपछि अब निगमको आन्तरिक सेवामा दुई ट्वीनअटर मात्रै जहाज छन् । बन्दाबन्दीको चार महिनापछि शुरु हुन लागेको आन्तरिक उडानमा निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले उडान तयारी तीव्र पारिरहँदा निगमसँग भने आन्तरिक उडानका लागि जहाजै अभाव भएको हो ।

निगमसँग अहिले भएका १७ देखि १९ सिट क्षमताका दुई जहाजले दुर्गम भेगमा सेवा दिने जनाइएको छ । जहाज अभावले तत्कालै टङ्क रुटमा उडान सञ्चालन गर्न नसकिने निगमका प्रवक्ता अर्चना खड्काले बताउनुभयो । निजी क्षेत्रका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक उडान गर्नुपर्ने बाध्यता रहेकाले निगमले चाँडोभन्दा चाँडो जहाज खरिद गर्नुपर्ने बाध्यता रहेको निगमले जनाएको छ । निगमले देशका २६ विमानस्थलमा उडान गर्दै आएको छ ।

चिनियाँ जहाजबाट व्यावसायिक लाभ लिन नसकेपछि निगमले आन्तरिक उडानका चीनबाट ल्याइएका छ जहाजको उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो । निगम सञ्चालक समितिको गत असार १६ गतेको बैठकले चिनियाँ जहाज विस्थापन गरी नयाँ जहाज खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

निगमलाई चीन सरकारको सहयोगमा प्राप्त भएका दुई (एमए–६० र वाई–१२ ई) तथा सहुलियतपूर्ण कर्जाअन्तर्गत नेपाल सरकारले खरिद गरी निगमलाई उपलब्ध गराएका चार (एक एमए–६० र तीन वाई–१२) जहाज गरी छ जहाज निगमसँग रहेका थिए । चिनियाँ जहाजको बीमा रकम अन्य जहाजको भन्दा करिब ३५ प्रतिशतले बढिरहेको तथा जहाज चलाउने पाइलट उपलब्ध नहुने भएकाले आफँै उत्पादन गर्नुपर्ने हुँदा हाल सञ्चालनमा रहेका एयरबस–३२० को भन्दा महङ्गो पर्ने भएपछि निगमले चिनियाँ जहाज नचलाउने निर्णय गरेको हो ।

एकातर्फ आन्तरिक उडानमार्फत दुर्गम भेगमा सेवा पुर्याउनुपर्ने निगमको सामाजिक दायित्व छ भने अर्र्काेतर्फ अन्तर्राष्ट्रिय उडानका लागि सामान दुई एयरबस ए–३२० र ३३० जहाज खरिद गर्दा कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोषबाट लिएको ऋण तिर्न पनि नसक्ने अवस्थामा पुग्नु निगमका लागि चुनौती थपिएको छ ।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णयसँगै निजी हवाई सेवा प्रदायक कम्पनीले स्वास्थ्य प्रोटोकल पालना गर्दै उडानको तयारी तीव्र पारेका छन् । यद्यपि राष्ट्रिय ध्वजावाहक निगमसँग आन्तरिक उडानका लागि एउटा पनि जहाज नहुनु विडम्बनाको विषय हो । आन्तरिक उडानका ठूला वायुसेवा कम्पनी बुद्ध एयरसँग ११ एटिआरसहित १३ र यती एयरलाइन्ससँग पाँच एटिआरसहित १० जहाज छन् । श्री एयरलाइन्ससँग पनि ठूलो क्षमताका छ जहाज छन् । सौर्य, सीतालगायत एयरलाइन्ससँग पनि जहाज प्रशस्तै छन् । राष्ट्रिय ध्वजावाहकले आन्तरिक उडानका हवाई कम्पनीसँग प्रतिस्पर्धात्मक व्यापार गर्नुपर्ने दायित्व चुनौतीपूर्ण छ ।

चिनियाँ जहाजका स्पेयर पार्ट्ससमेत समान क्षमताका अन्य जहाजभन्दा करिब ७५ प्रतिशत महङ्गो रहेको, स्टल रुटमा प्रस्तावित जहाजमा २५ प्रतिशतदेखि ६७ प्रतिशतसम्म पेलोड रेष्ट्रिक्सन रहेको, जहाजका पाइलटको खर्च समान जहाजको तुलनामा चार गुणा बढी हुन आएकाले निगमले वित्तीय भार बेहोर्दै आएको जनाएको छ ।

त्यस्तै एमए–६० जहाजको सिमुलेटर तालिम खर्च अन्य जहाजको भन्दा ७८ प्रतिशत बढी रहेको, इन्धन खर्च अन्य जहाजको भन्दा दोब्बर भएकाले निगमलाई व्यावसायिक लाभभन्दा पनि आर्थिक बोझ थुप्रिएको निगमले उल्लेख गरेको छ ।

निगमका अनुसार छ जहाजबाट आव २०७१/७२ देखि आव २०७५/७६ सम्म पाँच आर्थिक वर्षमा रु एक अर्ब ९० करोड नोक्सान भएको छ । यस हिसाबले यी जहाजबाट प्रतिवर्ष रु ३८ करोड नोक्सानी भएको निगमले जनाएको छ । महालेखा परीक्षकको प्रतिवेदन २०७४/७५ मा दुई आर्थिक वर्षमा मात्रै रु ९१ करोड ४५ लाख ६५ हजार खुद नोक्सानी बेहोर्नुपरेकाले मुनाफामा सञ्चालन गर्ने ठोस कार्ययोजना बनाउनुपर्ने उल्लेख गरेको थियो ।

निगमले चिनियाँ जहाज विस्थापन गर्दा अवरुद्ध हुने आन्तरिक उडानलाई सञ्चालन गर्न एकीकृत आन्तरिक व्यावसायिक योजनाको प्रतिवेदन तयार गरी लागू गर्ने निर्णय गरेको छ । 

कोभिड–१९ का कारण निगमको मूल आम्दानीको स्रोतका रूपमा रहेको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हुने आय करिब ९० प्रतिशतले घटेको र आन्तरिक उडानसमेत बन्द गर्नुपरेको अवस्थामा निगमलाई जोगाइराख्न खर्च कटौतीमा हरसम्भव प्रयास गर्नुपरेको जनाइएको छ । आर्थिक अवस्था सुधार गरी नयाँ जहाज खरिदलगायतमा दरिलो उपस्थिति जनाउन निगम सञ्चालक समिति बैठकले अधिकृत पूँजी रु ५० अर्ब पुर्याउने निर्णय गरेको छ । ऋणात्मक अवस्थामा सामाजिक उत्तरदायित्वसमेत वहन गर्नुपर्ने बाध्यतामा रहेको निगमसँग अहिले करिब रु ३४ करोडमात्रै अधिकृत पूँजी छ । निगमले बोर्डको उक्त निर्णयलाई तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालय र कानून मन्त्रालयको राय सुझाव लिएर मन्त्रिपरिषद्मा लैजानेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि यसलाई राजपत्रमा प्रकाशित गर्ने प्रावधान रहेको छ ।

निगमसँग अन्तरराष्ट्रिय उडानमा दुई वाइडबडी ए–३३० र न्यारोबडी ए–३२० जहाज छन् । निगमले भारतका तीनसहित नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । रासस 

Share This Article
Facebook Email Copy Link Print
Previous Article काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्यो, सङ्क्रमित भएकै क्षेत्रमा नमूना परीक्षण तीव्र
Next Article महाकाली नदीमा खतराको सङ्केत
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMचितवन - CTWसमाज

नयाँ भरतपुर २२० केभीए सबस्टेसन दुई महिनाभित्र सञ्चालनमा आउने

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

साताको दोस्रो दिन शेयर बजारमा सुधार

57 years ago
काठमाडौँ - KTMराजनीतिरोल्पा - RLP

रोल्पाका जिशिअमाथि कालोमोसो र जुत्ताको माला

57 years ago
अर्थ/विकासदाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा अर्को दुग्ध डेरी सञ्चलनमा

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?