2026-10-17 07:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतबाट आममाफी पाएका १२१४ नेपाली स्वदेश फर्किए, आज पनि फर्कदै

योगेन्द्र योगी | असार ८, दोहा | कोरोना सङ्क्रमण कारण  कुवेत सरकारले दिएको आममाफी पाएका १ हजार २ सय १४ जना नेपाली जजिरा एयरको  ८ वटा उडानमार्फत् काठमाडौं पुगिसकेका छन् । 

गत जेठ २९ गते पहिलो दुई उडानमार्फत् २९९ नेपाली स्वदेश ल्याइदिएको थियो।  जेठ ३० गते १४९, असार ३, ४, ५ र ६ गते हरेक दिन १५० जना र असार ७ गते १६६ जना नेपाली पुर्याइ दिएको हो । 

कुवेत सरकारले घोषणा गरेको आममाफी कार्यक्रममा सहभागी भाई हाल कुवेतको विभिन्न क्याम्पमा रहेका नेपालीहरूलाई स्वदेश फिर्तीको कार्य भइरहेको समेत कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । 

दूतावासका अनुसार आममाफी पाई स्वदेश फर्कने नेपालीहरूलाई दूतावासका कूटनीतिक कर्मचारीको नेतृत्वको टोलिले कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई तथा प्रस्थानपूर्व आवश्यक सहयोग र सहजीकरणको कार्य गर्दै आएको जनाएको छ ।

क्याम्पहरूमा रहेका बाँकी नेपाली दाजु-भाइ दिदी-बहिनीहरूलाई  पनि नेपाल तथा कुवेत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय गरी क्रमशः स्वदेश फर्काउँदै लगिने र यथाशीघ्र यो प्रक्रियालाई टुङ्ग्याउने कार्यमा दूतावास क्रियाशील रहेको जनाएको छ । 

अतः क्याम्पमा रहनुभएका र क्याम्प बाहिर रहनुभएका बिभिन्न कंपनी तथा अन्य क्षेत्रमा कार्य गरी नेपाल फर्कनै पर्ने अवस्थाका दिदीबहिनी तथा दाजु भाइहरूलार्इ पनि शीघ्र नेपाल फर्काउन दूतावासले सम्बन्धित निकायहरूसँग परामर्श र समन्वय गरी रहेको र चाँडै उडान शुरू गर्न सघाउ पुर्याउने उद्देश्यले संभावित यात्रुहरूको नामावली समेत दूतावासले प्रकाशित गरेको साथै, छुटेकाहरूको नामावली पनि क्रमशः प्रकाशित गरिइदै लगिने जनाएको छ । 

आममाफी पाएका २ हजार ९ सय ९३ जनालाई कुवेत सरकारले २ महिना अगाडिदेखि छुट्टै सेल्टरमा राख्दै आएको थियो। कुवेत सरकारले आफैँ जहाज चार्टरमार्फत् उनीहरुलाई नेपाल पुर्याइ दिएको छ । सेल्टरमा अब १ हजार ७ सय ७९ नेपाली स्वदेश फर्कने पर्खिरहेका छन् भने आज पनि नेपाली लिएर जजिरा एयर काठमाडौँको लागि उडेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु