२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

थामियो नेप्से, आठ अर्बको कारोवार

२०७७, १८ मंसिर बिहीबार ११:०१

मङ्सिर १८, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम आज रु आठ अर्बमाथि रहेको छ । कूल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर रु आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ता नाफा बुक गर्न लागेका कारण बजारमा आज गिरावट आएको अनुमान गरिएको छ ।


कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेका छन् । जलविद्युत् १०.३६ र लघुवित्त ३०.०८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ८.७३, व्यापार १६०.४२, होटल ८.३५, विकास बैंक २०.३५, वित्त ६.७३, निर्जीवन बीमा १६६.४१, उत्पादन ७२.९६, अन्य १९.३१, जीवन बीमा २५८.२६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले ओरालो लागेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ११ करोड ४० लाख आठ हजार ५७७ बराबरको कारोवार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ४२ करोड १८ लाख ३८ हजार ८९९, नेपाल लाइफ इन्स्योरेन्स रु ३० करोड तीन लाख ३८ हजार ३००, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड सात लाख ११ हजार २७९, शिवम् सिमेन्ट रु २३ करोड ८२ लाख ८२ हजार ११०, प्राइम बैंक रु २२ करोड ३० लाख ८६ हजार, नेपाल बैंक रु १८ करोड ७० लाख ८४ हजार ६७७ र नबिल बैंक रु १८ करोड २४ लाख ३३ हजार ६२२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.९५, नेपाल सेवा लघुवित्त ९.०६, डिप्रोक्स लघुवित्त ६.७२, छिमेकी लघुवित्त ६.४०, प्राइम बैंक ४.८२, सूर्योदय लघुवित्त ४.८१, मिथिला लघुवित्त ४.७७ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतले कमाएका छन् । यसैगरी विशाल बजार कम्पनी ६.९७, साल्ट टे«डिङ कर्पोरेशन ६.९४, बोटलर्स नेपाल तराई ५.२०, रसुवागढी हाइड्रोपावर ५.१४, साञ्जेन जलविद्युत् कम्पनी ५.०९, एशियन लाइफ इन्स्योरेन्स ४.१०, आरएसडिसी लघुवित्त ३.७७ र एचआइसिएलका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाए । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट