आज शुक्रबार घट्यो सुनको मूल्य, चाँदी मूल्य स्थिर

Posted on: 15 Mar, 2024

चैत २, काठमाडौँ | सुनको मूूल्य ४०० रुपैयाँले घटेको छ ।

बिहीबारको तुलनामा शुक्रबार तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

शुक्रबार चाँदी मूल्य भने स्थिर छ । यसदिन चाँदी बिहीबारकै मूल्य प्रतितोला १ हजार ५१५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!