नुवाकोटमा 'जिरे' समूहद्वारा हप्ता-अशुली नदिएको बन्दै सडक कामदारमाथी कुटपिट

Posted on: 15 Mar, 2024

चैत २, नुवाकोट । बिगत लामो समय जेल जीवन बिताएर जेलबाट छुटेका नुवाकोटका सन्तोष गुरुङ उर्फ 'जिरे' भन्ने ब्यक्ति लगाएत ५/६ जनाको समुहले पिआर इन्फ्राक्चर कम्पनीद्वारा नुवाकोटको शिवपुरीमा निर्माण गर्दै गरेको सडकका कामदारलाई कुटपिट गरि सख्त घाईते बनाएका छन् । 


उनिहरुले उक्त सडकका कामदारहरु राम कुमार ओलि, सोम बहादुर चेपाङ, श्याम तामाङ, राम प्रसाद लगाएतलाई बिना कारण एक्कासी आक्रमण गरेर कुटपिट गरेका हुन् । उक्त सडक निर्माणको ठेकेदार कम्पनि पिआर इन्फ्राक्चरले शेयर र हप्ता असुली नदिएसम्म काम गर्न नदिने चेतावनी दिदै उनिहरुले कामदारमाथि कुटपिट गरेका हुन् । उनिहरुले जेसिबिको अपरेटर राम कुमार ओलिलाई कुटपिट गर्नुका साथै कानमा लगाएको सुनको रिङ समेत लुटि कानको लोती समेत छिनाइ भागेको पिडितहरुले बताएका छन् । 

उक्त आक्रमणमा संलग्न ब्यक्तिहरुलाई आवस्यक कारवाहीको माग गर्दै पीडित पक्षले जिल्ला प्रशासन कार्यालय नुवाकोट, जिल्ला प्रहरी कार्यालय नुवाकोट र अपराध अनुसन्धान विभागमा निवेदन जाहेरी दिएका छन् । उक्त कुटपिटपछि अहिले उक्त सडक निर्माणको लागी क्रसरको काम रोकिएको छ । बिकास निर्माणको काममा खटिएका कामदारमाथि कुटपिट गरेर गुण्डागर्दी र हप्ता अशुली गर्ने उक्त समूहलाई कडा कारवाहीको माग पीडित पक्षले गरेको छ । आतंकको आवस्था रहँदा बिकास निर्माणको काम समेत प्रभावित हुने भन्दै निर्वाध रुपमा काम गर्न पाउनुपर्ने माग पिडीत पक्षले सम्बन्धित सरोकारवाला निकाय समक्ष राखेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!