हेर्नुहोस आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

Posted on: 27 May, 2022

                             

जेठ १३, काठमाडौं | नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १२४ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्रीदर १२४ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १३२ रुपैयाँ ६० पैसा र बिक्रीदर १३३ रुपैयाँ २४ पैसा रहेको छ भने युके पाउन्ड स्टललिङ एकको खरिददर १५६ रुपैयाँ १५ पैसा र बिक्रीदर १५६ रुपैयाँ ९१ पैसा रहेकोे छ ।  

यस्तै, अस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८० पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा रहेकोे छ । क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९७ रुपैयाँ १० पैसा रहेको छ । 

यस्तै जापानी यन १० बराबर नेपाली ९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । 

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।  

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३३ रुपैयाँ १७ पैसा रहेको छ ।

कतारी रियाल आज एकको खरिददर ३३ रुपैयाँ ९० पैसा र बिक्रीदर ३४ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!