यस्तो छ आजको विदेशी विनिमयदर, कुन देशको कति छ ?

Posted on: 25 Nov, 2022

मङ्सिर ९, काठमाडौँ | नेपाल राष्ट्र बैँकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।    

आज डलरको खरिद दर १३० रूपैयाँ ३२ पैसा र बिक्री दर १३० रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३५ रूपैयाँ ८७ पैसा र बिक्री दर १३६ रूपैयाँ ५० पैसा रहेको छ।    

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८२ पैसा र बिक्री दर १५८ रूपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ५४ पैसा र बिक्री दर ३५ रूपैयाँ ७० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ। 


यस बिषयमा तपाइको प्रतिक्रिया...!