कुलेश्वरमा तीन पैदल यात्रुलाई ठक्कर दिएका कार चालकले खाएका थिए लागुऔषध

Posted on: 23 Jul, 2024

साउन ८, काठमाडौँ । काठमाडौंको कुलेश्वरमा सोमबार साँझ तीन पैदल यात्रुलाई ठक्कर दिएको कारका चालकले लागुऔषध सेवन गरेको पाइएको छ ।

घटनापछि कार चालक भुपेन्द्र श्रेष्ठको स्वास्थ्य परीक्षण गर्दा उनले औषधिजन्य लागुऔषध बेन्जोडियाजेपाइन्स सेवन गरेको पाइएको काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

प्रहरीले कारभित्रबाट नाइट्राभेट पनि बरामद गरेको छ । ४८ वर्षीय श्रेष्ठले चलाएको कारले विपरीत लेनमा गएर सडक पेटीमा हिँडिरहेको अवस्थामा भारत घर भई कुलेश्वर बस्दै आएका तीन जनालाई ठक्कर दिएको थियो । घाइतेको उपचार भइरहेको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!