थाइल्यान्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्किए

Posted on: 23 Mar, 2024

चैत १०, काठमाडौँ | थाइल्यान्ड र म्यान्मारको सीमानजिक अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ । थाइल्यान्ड र म्यानमारको सीमानजिक म्यानमारको म्यावड्डीमा विगत लामो समयदेखि अलपत्र परेका १३ जना नेपालीलाई उद्धार गरी नेपाल पठाएको बैंककस्थित राजदूतावासले जनाएको छ। 

बैंककस्थित राजदूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै थाइ परराष्ट्र मन्त्रालय र त्यहाँको इमिग्रेसन ब्यूरोको सहयोगमा नेपालीको उद्धार गरेको जनाएको छ । 

शुक्रबार नै सीमा क्षेत्रबाट ती नेपालीको उद्धार गरेर थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइयात्रामार्फत् बैंकक हुँदै नेपाल एअरलाइन्सको उडान नं RA402  जहाजबाट नेपाल पठाएको बैंककस्थित दूतावासले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!