बैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्वा घुस रकम सहित नियन्त्रणमा

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ । काठमाडौँ ताहाचलस्थित वैदेशिक रोजगार विभागमा कार्यरत एक नायब सुब्बा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागमा कार्यरत नायब सुब्बा लेखापाल प्रमोद निरौलालाई पक्राउ गरेको हो । 

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले  निरौलालाई सेवाग्राहीबाट पन्ध्र हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकम र श्रोत नखुलेको रु.७१,६२० (एकहत्तर हजार छ सय बीस रुपैयाँ) सहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको हो।

 निरौलामाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!