रोजगारीका लागि दुबईहुँदै इथियोपिया पठाउने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार

Posted on: 03 Feb, 2023

माघ २०, काठमाडौँ | रोजगारीका लागि इथियोपिया पठाइदिने भन्दै भारत पुर्‍याइएका १२ महिलाको उद्धार गरिएको छ । 

नेपाल र भारतका प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा १२ जना महिलाको उद्धार गरेर बिहीबार काठमाडौं ल्याइएको प्रहरीले जानकारी दिएको छ । 


उनीहरूलाई नेपालका विभिन्न नाकाहुँदै भारतको जयपुरमा लगिएको थियो । 

उनीहरूलाई भिजिट भिसामा दुबईहुँदै इथियोपिया पठाउने भन्दै पुष र माघ महिनामा राजस्थानको जयपुर पुर्‍याइएको प्रहरीले जानकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!