बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक

Posted on: 21 Mar, 2024

चैत ८, काठमाडौं | फिल्म ‘बोक्सीको घर’को गीत ‘जिन्दगीको कथा यता न उता’ सार्वजनिक गरिएको छ ।

केकी अधिकारीको निर्माण र अभिनय रहेको फिल्म ‘बोक्सीको घर’को उक्त गीतमा स्वीअरिती र निहारिकाको स्वर रहेको छ । जसमा सुलक्षण भारतीको शब्द सृजना र मनिष निरौलाको संगीत छ । 

सो गीतको भिडियोमा केकी र भारती फिचर्ड छन् । सोसल–थ्रिलर जनरामा निर्माण भएको सो फिल्ममा बोक्सी कुप्रथाको नाममा महिलामाथि हुने हिंसाको कथा समेटिएको छ ।

केकी स्वयं शीर्ष भूमिकामा देखिएको बोक्सीको घरमा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला र सविन बास्तोलाको अभिनय छ । 

भारतीको लेखन तथा निर्देशन रहेको सो फिल्मको निर्मातामा बद्री अधिकारी छन् । कार्यकारी निर्माता राज घिमिरे हुन् । लोचन रिजालको ब्याकग्राउण्ड स्कोर रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । सो फिल्म आगामी १४ वैशाखमा रिलिज मिति तोकिएको छ । 

गीत :

यस बिषयमा तपाइको प्रतिक्रिया...!