प्रेमिकाले फालेकी थिइन अनुपम खेरको मुहारमा चाउचाउ

Posted on: 25 Mar, 2024

चैत १२, मुम्बइ | बलिउडका दिग्गज अभिनेता अनुपम खेर आफ्नो निरन्तर अभिनयका लागि परिचित छन् । 

कमेडीदेखि नेगेटिभ सबै किसिमका पात्रमा उनले आफूलाई प्रमाणित गरेका छन् । सन् १९८४ मा रिलिज भएको फिल्म सारांश उनको पहिलो सफल फिल्म थियो । तर, समयसँगै अनुपमले फरक–फरक पात्रमा देखापर्दै दर्शकलाई दिग्गज कलाकार भनेको के हो ? भनेर देखाइसकेका छन । यी दिग्गज अभिनेताले एक पटक आफ्नो व्यक्तिगत जीवनमा एक समय यस्तो असफलता देखे, जब उनले भिक्षु बन्ने सोच्न थाले।


आफ्नो पोडकास्ट शो अनुपम केयरमा अनुपम खेरले आफ्नो एक प्रेमिकाको कारणले गर्दा सानै उमेरमा उनलाई यस्तो भावनात्मक झटका लागेको बताए कि उनले भिक्षु बन्ने सोच्न थालेका थिए । मनको शान्तिका लागि आश्रम जानुपरेको थियो । यो कथा अनुपम खेर आफैले सुनाएका थिए ।

अनुपमले आफू एउटी युवतीलाई डेट गरिरहेको बताए, उनको नाम राधा थियो । एकपटक डेटिङको क्रममा राधाको छेउमा तीनजना केटीहरू बसिरहेका थिए, जो उनलाई हेरेर हाँसेका थिए । त्यसमा राधालाई अनुपमको उनीहरु मध्ये एकसँग अफेयर रहेको महसुस भयो । यस्तो अवस्थामा राधा क्रोधित भइन् र ती केटीहरूको टेबुल नजिक पुगिन् र त्यहाँ उभिएर अनुपमलाई भनिन् कि ‘तिम्रो प्रेमिका को हो ? भन।’

यसपछि राधा क्रोधित भइन् र उनको टाउकोमा रहेको चाउचाउको थाली पल्टाइदिइन् । अनुपमले सो घटना सम्झदा पनि निकै अनौठो लाग्ने गरेकोसमेत बताएका थिए, उनले भने, ‘उनले फालेको चाउचाउ मेरो टाउकोमा झुण्डिएको थियो ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!