राजेश हमाल र वर्षा सिवाकाेटीको 'शैलुङको चिसो चिसो बतास' (भिडिओ)

Posted on: 10 Aug, 2022

साउन २५, काठमाडौँ | गायक विकास राणाको नयाँ गीत सार्वजनिक भएको छ।

बुधबार उनको 'शैलुङको चिसो चिसो बतास' बोलको गीत सार्वजनिक भएको हो। शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको गीतमा अभिनेता राजेश हमाल र अभिनेत्री वर्षा सिवाकोटीलाई देख्न सकिन्छ।

शशिविक्रम थापा र गणेश चौलागाईंको शब्द तथा संगीत रहेको छ। मेलोडियस गीतमा संगीत संयोजन शशिविक्रम थापाकै रहेको छ। 

नितिन चन्दले निर्देशन गरेको म्युजिक भिडिओमा सियोन श्रेष्ठको कोरियोग्राफी रहेको छ। मनोज सुवेदीले छायांकन गरेको भिडिओलाई सकिन तिमिल्सिनाले सम्पादन गरेका छन्। 

यो गीत गायक विकासले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!