प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा, भने- 'राजा हटाए भने विकास बोर्डको जागिर स्थायी हो र?

Posted on: 18 Sep, 2022

असोज २, काठमाडौं | अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको राजीनामा दिनुपर्ने बताएका छन् ।

विकास बोर्डले राति ११ बजेपछि हल सञ्चालन गर्न नपाइने र आवश्यक परेको खण्डमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान ल्याएको छ। यो प्रावधान आफ्नो पछिल्लो फिल्म ‘प्रेमगीत ३’लाई लक्ष्य गरेर ल्याइएको भन्दै प्रदीपले अध्यक्ष पदबाट भुवनको राजीनामा माग गरेका हुन्।

प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा, भने- 'राजा हटाए भने विकास बोर्डको  जागिर स्थायी हो र?'

शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा नायक खड्काले केसीलाई अरुबाट परिचालित भएको भन्दै त्यस्ता मानिस विकास बोर्डमा बस्न नहुने बताए।

स्वविवेक प्रयोग नगर्ने अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन भन्दै उनले राजिनामा माग गरेका हुन् ।  ‘स्वविवेक प्रयोग नगर्ने, अरुबाट परिचालित हुने व्यक्ति त्यो ठाउँमा बस्न लायक छैन’ उनले भनेका छन् । उनले केही समय अगाडि ‘प्रेमगीत ३’ लाई चलचित्र विकास बोर्डले गरेको सम्मान पनि देखाउने दाँत मात्र भएको आरोप लगाएका छन् ।

आफू अझै पनि १०–२० वर्ष यही क्षेत्रमा रहने बताएका प्रदीपले भुवन केसीलाई विकास बोर्डबाट फर्किनु छैन र भनेर प्रश्न समेत गरेका छन् । 

उनले थपे– ‘विकास बोर्ड कसैको व्यक्तिगत जागिर खाने ठाउँ हो र  राजा त हटाए भने विकास बोर्डको जागिर स्थायी हो र रु उहाँलाई त्यहाँबाट निस्कनु छैन र ?’

यस बिषयमा तपाइको प्रतिक्रिया...!