४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कथा : दन्त–बझान

३ बैशाख २०७९, शनिबार १२:०७

 वैशाख ३, काठमाडौं | गाउँ गाउँमा चुनावको सरगर्मी छाएको छ । टोल टोलमा पार्टी पार्टीको बीच प्रतिस्पर्धा चुलिएको छ । स्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ, अस्वस्थ प्रतिस्पर्धा पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच प्रेमिल र हार्दिक सम्बन्ध पनि देख्न सकिन्छ । कुनै कुनै पार्टीको बीच कटुता र घृणाको सम्बन्ध पनि देख्न सकिन्छ ।

चौतारीमा लामो समयदेखि सँगसँगै राजनीतिक यात्रा सुरु गरेका पाँच पात्रहरू खडा छन्–  १. रुख, २. रवि, ३. हाँसिया–हथौडा, ४. हलो, ५. गाई ।  केही समयपछि अर्काे पात्र छाता पनि कुममा कुम जोड्न आइपुग्यो र यिनीहरूको बीच दन्तबझान सुरु भयो ।

यी छ पात्रहरूमध्ये रुख सबभन्दा धेरै आयु व्यहोरेको पात्र थियो । आफ्नो शारीरिक स्वरुप जराजीर्ण हुँदै गए पनि बाहिरी रुपमा उसकै फुर्तीफार्ती चर्को  थियो ।

उमेरले कृशकाय बन्दै गएपनि चुनावी मौसम फिरेपछि रुख लहलह मुना–मञ्जरीले हरिलो भरिलो बन्थ्यो । हुन त रवि त्यसलाई ठाडै सुकाउँछु भनेर खुब सुरिन्थ्यो । आफ्नो आँखाबाट तप्त अग्नि फालेर डढाउँछु भन्थ्यो । तर कसोकसो भोट खसाल्ने दिनसम्म आइपुग्दा आकाशमा उठ्थे काला बादलको हुल, अनि जवान घामका आँखा ट्याप्पै टाली दिन्थे । फेरि रुखकै रजाइँ चल्थ्यो टोलभरि ।

यो पालि पनि उसले पुरानै हुङ्कार दोहोर्यायो ।

रुख– "लौ तिमीहरू ज्यादा फुर्ती नगर । म अझै यति बलियो छु । यति बलियो छु, मलाई ढाल्न त के मेरो एउटा पात पनि झार्न सक्तैनौ । मेरा जराले धराभित्रको चट्टानलाई अँगालो कसिसकेको छ । मलाई कदापि हल्लाउन सक्तैनौ ।”

रवि– "लु बाजेको पालामा घिउ पिएको कुरा नगर । कथम्कदाचित् त्यो दिनसम्म बादल लागेन भने मेरो प्रचण्ड तापले तिमीलाई ठाडै सुकाउँछु ।”

जोल्ठिएका हँसिया हथौडी अचानक छुट्टिए र अलग अलग रुपमा वृक्षसित दन्तवझान गर्न सुरिए ।

हँसिया–"आरनमा पाइन हालेको धार छ मसित । तिमी बढी बकबक नगर । तिम्रा हाँगाबिँगा छिनालेर फेदै लडाउन सकिन भने…।”

हथौडी–"तिम्रा जराले अँगालो कसेको धराभित्रको चट्टान फुटाउन मेरो मुड्की चिलाइरहेको छ सोम ? किन ठूलो कुरा गर्छाै ?”

हलो–"युगौँ जर्कट बाँझो पल्टेको जमिन जोत्नु छ । तिमी अब हरिलो भरिलो हुने समय सकियो । म जस्तै हलो बनेर धर्ती जोत्नुपर्छ । अव सेवा परिवर्तन गर मित्र ।”

गाई–"तिम्रा तनका अन्तिम चिउरा खाएर क्षुधासमन गर्न तयार छु । अब तिमी मबाट बच्न सक्तैनौ साथी ।”

छाता (पुल्ठोसित कुममा कुम जोड्दै) आएर भन्यो –“अव मधेशको राप छेक्न तिमी असक्षम भयौ, म नै काफी छु ।”

रुख एक वचन के बोलेको थियो, सबै पात्रहरूले ऊप्रति एकमुष्ट हमला बोले । रुख एक भन्नु त दुई भन्नु भयो ।

चुनाव आयो गयो । चुनाव अघिको दन्तबझान थिएन अब । गाउँमा गहिरो शान्ति सन्नाटा परिव्याप्त थियो । तर, दृश्य फेरिएको थियो । हरियो रुख डङ्रङ्ग लडेको थियो । घाम त्यसलाई सुकाउँदै थियो । हँसिया हाँगा छिमल्दै थियो । गाई घाँस चपाउँदै थियो । किसान हलो ताछ्दै थियो । पुल्ठो आगो झोस्दै थियो ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो