संघीय संसदका ६ वटा समितिका बैठक बस्दैँ

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं | संघीय संसदका बिभिन्न समितिका बैठक बस्दैछन् ।

संघीय संसद सचिवालय सिंहदरबारमा उक्त समितिका बैठक बस्न लागेका हुन । 

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक भने दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!