चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता नहुने बताएका छन् । 

उनले लेखेका छन्– ‘चेक लिस्टसहित आएका छौँ । कम्प्रोमाइज हुन्न । केही समय होम वर्कमा रहनेछौँ ।’ मन्त्री पदको शपथ खाएको दुई दिनपछि उनले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!