कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अनुमति

Posted on: 18 Mar, 2024

चैत ५, काठमाडौँ |  काठमाडौं जिल्ला अदालतले कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न ४ दिन म्याद दिएको छ ।


महरालाई पक्राउ पपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार अदालत उपस्थित गराएको थियो । महरा बिहानमात्र पक्राउ परेका थिए । सुन तस्करीमा संलग्नता रहेको भन्दै मुद्दा चलाउन सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेपछि उनी पक्राउ परेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!