उप निर्वाचनमा उम्मेदवार उठाउनु अघि नेकपा एसले गठबन्धनमा छलफल गर्ने

Posted on: 24 Mar, 2024

चैत ११, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)ले उप निर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन ।

आज बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरे पछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ ।

सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने नउठाउने निर्णय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

एमालेले उम्मेदवार तय गर्ने निर्णय गरे पनि सत्तारूढ गठबन्धनका नेकपा एस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले भने अझै उम्मेदवारका बारेमा कुनै निर्णय लिइसकेका छैनन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!