संसद बचाइदिएकाले ओलीले भाषण गर्न पाए:- झलनाथ खनाल

Posted on: 17 Sep, 2022

असोज १, काठमाडौँ | प्रतिनिधिसभा विघटनको पक्ष विपक्षमा अन्तिम दिन पनि नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ। संसदमा सम्बोधन गर्दै केपी ओलीले तत्कालीन अवस्थामा आफूले गरेको विघटनको बचाउ गरेपछि विघटनको विपक्षमा रहेका नेताहरुले त्यसको प्रतिवाद गरे।

ओलीले आफूले संविधानअनुसार विघटन गरेको संसदलाई गैरसंवैधानिक रुपमा परमादेश गरेर ब्युँत्याइएको भन्दै बचाउ गरेपछि |

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि संसद बचाइदिएका कारण नै ओलीले भाषण गर्न भएको भन्दै व्यंग्य गरे।

उनले भने, 'अघि विपक्षी दलका नेताले यहाँ भाषण गर्नुभयो। हामीले संसद बचाइदिएकाले नै उहाँले बोल्न पाउनुभयो। नत्र झापामा गएर बोल्नु पर्थ्यो, कसले सुन्थ्यो उहाँको कुरा ?’

कांग्रेससँगको गठबन्धनप्रति खासै इच्छुक नरहेका खनाल शनिबार भने खुलेर पक्षमै बोले। ‘निर्वाचन प्रणालीका कारण कुनै पनि दलको एकल बहुमत ल्याउन सकिँदैनँ। गठबन्धन मिलेर नै ठूला काम भएका छन् । २००७, २०४६, २०६३ को आन्दोलन गठबन्धनकै कारण सफल भएको हो। २०७४ मा पनि गठबन्धन गरेरै दुई तिहाई बहुमत ल्याएको हो।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!