इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडी

Posted on: 25 Nov, 2022

मंसिर ९, इलाम | दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्।

विहीबार साँझदेखि सुचारु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् । बस्नेतले ११ हजार ३ सय ९४ मत पाउँदा खनालले ९ हजार ८ सय ४८ मत ल्‍याएका छन् ।


क्षेत्र १ प्रतिनिधिसभामा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको छ । मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको छ ।

यस्तै इलामको क्षेत्र नम्बर २ मा संविधानसभा अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!