यी हुन् समानुपातिकमा ५ हजारभन्दा कम मत ल्याउने १० पार्टी

Posted on: 04 Dec, 2022

मङ्सिर १८, काठमाडौँ । यही मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

अहिलेसम्म प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना गरिएको छ । त्यसमध्ये १० दलले पाँच हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

समानुपातिकतर्फ पाँच हजार मत नकटाउनेमा विवेकशील साझा पार्टी पहिलो नम्बरमा छ ।  निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार विवेकशील साझाले ४ हजार ३९ मत पाएको छ ।

यस्तै एकीकृत शक्ति नेपालले ३ हजार ७७६ मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले ३ हजार ६९४, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ३ हजार ४०४ मत, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालले ३  हजार ३३२, मौलिक जरोकिलो पार्टीले ३ हजार २३५, नेपाल समावेशी पार्टीले २,९५२, नेपाल कम्युनिष्ट पार्टी परिवर्तनले  २ हजार १९१, राष्ट्रिय नागरिक पार्टी २ हजार १४३, नेश्‍नलिष्ट पिपल्स पार्टीले २ हजार १५ मत ल्याएको छ । 

देशभर  १ करोड ४ लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले सबैभन्दा बढी मत ल्याएको छ । उसले २७ हाल ८८ हजार ३५६ मत ल्याएको हो । यस्तै नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ ल्याउँदा नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!