समाजमा बलात्कारी पनि दुई प्रकारका हुने रहेछन् : समीक्षा अधिकारी

Posted on: 02 Mar, 2024

फागुन १९, काठमाडौँ | गायिका समीक्षा अधिकारीले समाजमा दुई प्रकारका बलात्कारी रहेको उल्लेख गरेकी छन् । समीक्षा अधिकारीले होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गरेकी छन् । उनले पोखरेल मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी हुन् ।

समीक्षाले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन्।  पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन्। दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन्। यी दुवै फाँसीका लायक छन्।’


यस बिषयमा तपाइको प्रतिक्रिया...!