जितुले बन्द गरे ‘मुन्द्रेको कमेडी क्लब’

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण बन्द भएको छ । कार्यक्रमका सञ्चालक तथा कलाकार जितु नेपालले तेस्रो सिजनको शोको प्रसारण बन्द भएको जानकारी दिए । 


शो प्रसारण गर्दै आएको टेलिभिजनले गरेको समय परिवर्तन लगायत विभिन्न कारणले शो बन्द गर्नु परेको जितुले बताए । ‘समय सापेक्ष र अन्य कुनै नौलो कार्यक्रम ल्याउन शो बन्द गरेको हो’ जितुले थपे ।

शो ३ सिजनसहित गरेर १८४ भाग प्रसारण भएको छ । शोको पहिलो सिजनमा दीपाश्री निरौला, दोस्रो सिजनमा करिश्मा मानन्धर र तेस्रो सिजनमा प्रियंका कार्की अध्यक्ष रहेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!