आक्रामक ब्याटिङ गरेका कुशल मल्ल २६ रन बनाउँदै पेभेलियन फर्किए

Posted on: 05 Mar, 2024

फागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो पाँचौँ विकेट गुमाएको छ । पाँचौँ विकेटका रूपमा नेपालले कुशल मल्ललाई गुमाएको हो । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका कुशल मल्ल केवल ११ बलमा तीन छक्काको मद्दतले २६ रन बनाउँदै आउट भएका हुन् । 

उनलाई डच बलर साइब्रान्डले विक्रमजित सिंहद्वारा क्याच गराएका हुन् । १७.१ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले एक सय ५८ रन बनाएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!