आकाश चन्दले लिए पीएनजीको दोस्रो विकेट

Posted on: 13 Mar, 2024

फागुन ३०, काठमाडौँ । शृंखलाको फाइनलमा बुधबार नेपालले पपुवा न्यु गिनी (पीएनजी) को दोस्रो विकेट लिएको छ । पीएनजीको दोस्रो विकेट आकाश चन्दले लिएका हुन् । 

आकाशले पीएनजीका कप्तान असाद भालालाई विनोद भण्डारीद्वारा क्याच गराएका हुन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका असाद भालाले पेभेलियन फर्किनुअघि पाँच बलमा दुई रन बनाए । १.४ ओभरमा उनी आउट हुँदा पीएनजीले १४ रन बनाएको छ । नेपालले टस जिती पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!