फोटो फ्रेमभित्र लुकाएर लागुऔषध कारोबार, त्रिभुवन विमानस्थलबाट १५ किलो चरेस बरामद

Posted on: 27 Mar, 2024

चैत १४, काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलोग्राम चरेस बरामद गरेको छ ।

विदेश लैजाँदै गरेको सो चरेस मङ्गलवार बरामद गरेर आज सार्वजनिक गरिएको हो ।


विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट प्रहरीले कार्गो चेक जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको एआरए एमईएक्स कुरियरको १८ वटा फोटो फ्रेमभित्र लुकाई–छिपाई ल्याइएको अवस्थामा उक्त परिमाणको पदार्थ बरामद गरेको केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार बरामद गरिएको उक्त पदार्थको थप आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!