धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत फेला

Posted on: 29 Mar, 2024

चैत १६, काठमाडौँ । धादिङ अस्पतालमा कार्यरत सर्जन डा. प्रतिभा धौभडेल मृत अवस्थामा भेटिएकी छन् ।  काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. धौभडेल मृत भेटिएकी हुन् । 

सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । 


असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । पढ्नमा अब्बल उनले रातो बंगलाबाट ए लेभलमा नेपालमै उत्कृष्ट अंक ल्याएकी थिइन्। भारतमा प्रतिष्ठित डा पारसमणि स्वर्ण पदक पनि उनले प्राप्त गर्न सफल भएकी थिइन्। घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!