लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्धा दायर

Posted on: 07 Apr, 2024

चैत २५, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबि छ ।

अख्तियारले भ्रष्ट्राचार निवारण ऐन अनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुन अनुसार हुने सजायसहित मुद्धा दायर गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!