काभ्रेमा बोधिचित्तको रुख काटेर अज्ञात समूहले राख्यो घरको आँगनमा सकेट बम

Posted on: 12 Apr, 2024

चैत ३०, काठमाडौँ । काभ्रेमा अज्ञात समूहले बुद्धचित्तको रुख काटेर घरमा सकेट बम राखेको फेला परेको छ ।

मध्यरातमा काभ्रेको रोशी गाउँपालिका- ५ नागबेलीस्थित ठाकुरानी तामाङको घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको हो । बुद्ध चित्तको मुल मालाको पुरानो बोट काटेर तीन घरको आँगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।


उनका अनुसार अहिले घटनास्थलमा सशस्त्र प्रहरी,नेपाल प्रहरी र नेपाली सेना खटिएका छन् ।

१५/ २० जनाको अज्ञात समूहले रुख काटेको पाइएको र केही शंकास्पदलाई पक्राउ गरी सोधपुछ अघि बढाएको उनले बताए । घरको आँगनमा राखिएको विस्फोटक पदार्थसँगै जनमुक्ति सेनाको पर्चा पनि फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । बोधिचित्त महंगो मूल्यमा ब्रिकी हुदै आएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!