संविधान दिवसका अवसरमा हजारभन्दा बढी कैदी माफी पाएर रिहा हुँदै

Posted on: 05 Sep, 2024

भदौ २०, काठमाडौं | सरकारले आगामी असोज ३ गते संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ ।

संविधान दिवसका अवसरमा उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । थुनामुक्त हुनेहरूको सूची कारागार व्यवस्थापन विभागले  सार्वजनिक गरेको छ।

विभागले यसअघि  गत असार ९ गते ६२० जना कैदीको सजाय मिनाहा र भदौ १६ गते थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचना निकालिएका कैदीहरूलाई संविधान दिवसका दिन माफी मिनाहाका लागि एकसाथ सिफारिस गरिने जनाएको छ ।

सजाय मिनाहा गर्न लागिएका कैदी बन्दीहरूविरुद्ध उजुरी वा गुनासो भए ७ दिन भित्र  विभागमा उपलब्ध गराइदिन भनिएको छ ।

सरकारले खासगरी जेठ १५ गतेको गणतन्त्र दिवस र असोज ३ गतेको संविधान दिवसमा अनुशासन र आचरण हेरेर सयौँ कैदीलाई रिहा गर्दै आएको छ ।

अब  सात दिने उजुरीको समय गुज्रिएपछि कैदीहरूको सजाय माफीका लागि गृहमन्त्रालयमार्फत सरकारकहाँ सिफारिस गरिने भएको छ ।

https://drive.google.com/file/d/1CcsqQVbxxohq6h2-01u3o0saJbgaRmVe/view

यस बिषयमा तपाइको प्रतिक्रिया...!