वस्तु तथा सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरे करको १० प्रतिशत रकम फिर्ता हुने

Posted on: 09 Sep, 2024

भदौ २४, काठमाडौँ | आन्तरिक राजस्व विभागले वस्तु तथा सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने भएको छ।

विभागले एक सूचना प्रकाशित गर्दै वस्तु तथा सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी सम्बन्धी व्यवस्था आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित समेत गरेको छ।

उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह/रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायहरूबाट प्रदान गरिने सेवा रहेका छन् ।

हेर्नुहोस सुचना :-


यस बिषयमा तपाइको प्रतिक्रिया...!