७३ थान हजारको नक्कलीत चन्द्रागिरीबाट एक युवक पक्राउ

Posted on: 20 Sep, 2022

असोज ४, काठमाडौँ | ७३ थान हजारको नक्कली नोटसहित चन्द्रागिरीबाट एक जना पक्राउ परेका छन् ।


सुनसरी देवानगन्ज गाउँपालिका-६ बस्ने २६ वर्षीय भोगान्द मेहेतालाई मंगलबार दिउँसो चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको हो ।

काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश १-०२-००२ ख ९७५६ नम्बरको बसमा सवार उनले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको अवस्थमा नोट बरामद भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!