नामिबियाविरुद्ध ब्याटिङ गर्दै नेपाल, कुशल र ललित बेन्चमा

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ | घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा नेपालविरुद्ध नामिबियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।


घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले कुशल भुर्तेललाई बेन्चमा राखेको छ । लगातार दुई खेलमा रोयल डक आउट र डक आउट भएका भुर्तेललाई नामिबियाविरुद्ध नेपालले बेन्चमा राखेको हो ।

उनको स्थानमा अनिल शाहलाई टिममा समावेश गरेको छ । ललित राजवशी, सन्दीप जोरालाई नेपालले बेन्चमा राख्दै आरिफ शेख र अभिनास बोहरालाई टिममा फर्काएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!