नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको भोलीको खेल वर्षाका कारण अवरुद्ध हुन सक्ने

Posted on: 24 Mar, 2024

चैत ११, काठमाडौँ | नेपाल र आयरल्यान्ड वुल्भ्सबीच ट्वान्टी–२० शृङ्खला अन्तर्गतको पहिलो खेल सोमबार (भोली) हुने तालिका सार्वजनिक भएको छ। पाँच खेलको ट्वान्टी–२० शृङ्खला अन्तर्गत पहिलो खेल भोली दिउँसो १ बजे हुन लागेको हो।

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुदैछन्। तर सोमबार हुने भनिएको खेल वर्षाका कारण अवरुद्ध हुने सम्भावना पनि त्यत्तिकै बढेको छ।


त्रिभुवन विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले सोमबार दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने जानकारी दिएका छन्।

‘सोमबार बिहानैदेखि पानी पर्ने र रोकिने, फेरी पर्ने क्रम जारी रहन्छ’, उनले  भने, ‘वर्षा हुने सम्भावना धेरै छ। नियमित नभए पनि हुने र रोकिने भइरहन सक्छ।’ त्यसो त उनले मंगलबार पनि बादल लाग्ने जानकारी दिए।

लामिछानेका अनुसार मंगलबारपनि बद्लीको अवस्था छ र पानी पर्न सक्ने सम्भावना छ। देशभरकै पहाडी भू–भागमा सोमबार पानी पर्ने र रोकिने क्रम रहन सक्ने लामिछानेको अनुमान छ।

उनका अनुसार विशेष गरी कोसी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा यस्तो क्रम चलिरहन्छ। यी प्रदेशमा मंगलबार पनि बद्लीकै सम्भावना छ। सोमबारको तुलनामा मंगलबार पानी पर्ने सम्भावना कम छ।

तर यसपछिका थप तीन खेल ट्वान्टी–२० र तीन खेलको एक दिवसीय शृङ्खला नेतृत्व विनोद भण्डारीले गर्नेछन्। खेल तालिका अनुसार दोस्रो खेल चैत १३ गते, तेस्रो खेल १५ गते, चौथो खेल १६ गते र पाँचौँ खेल १८ गते हुनेछन्। यसैगरी तीन एक दिवसीय खेल चैत २१, २३ र २५ गते हुदैछन्। यी सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नै हुनेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!