बंगलादेशमा आगलागीमा परेर ४३ जनाको मृत्यु

Posted on: 01 Mar, 2024

फागुन १८, काठमाडौँ  | बंगलादेशको राजधानी ढाकास्थित एक भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको छ । 

बिहीबार राति भएको आगलागीमा परेर मृत्यु भएका ४३ जनामध्य ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा र १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।


आगलागीमा परेका ७५ जनाको जीवितै उद्धार गरिएको छ  ।

लत्ताकपडाकादेखि रेष्टुरेन्टहरू रहेको सो भवनमा ग्यासको चुहावटबाट आगो लागेको अनुमान गरिए पनि कारण भने स्पष्ट खुलिसकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!