रूसको राजधानी मस्कोमा आतंकवादी हमला, ४० जनाको मृत्यु

Posted on: 23 Mar, 2024

चैत १०, मस्को | रूसको राजधानी मस्कोमा आतंकवादी हमला भएको छ ।  सो आतंकवादी हमलामा परी ४० जनाको मृत्यु भएको छ भने स्थानिय प्रत्यक्षदर्शीले सो संख्या अझ बढी हुन सक्ने जनाएका छन् । सो घटनामा परी १०० भन्दा बढी घाईते भएका छन् उनीहरूको स्थानिय अस्पतालमा उपचार भईरहेको छ ।

मस्को नजिक एक म्युजिकल कन्सर्ट चलिरहेको स्थानमा सो हमला भएको हो। सो हलमा यत्रतत्र शवहरू छरिएको देखिएको थियो।

सो हमलाको जिम्मेवारी ईस्लामिक स्टेट आईएसएसले लिएको छ । मस्कोस्थित अमेरिकी दुतावासले भीडभाड हुने क्षेत्रमा नजान यसअघि नै आफ्ना नागरिकलाई अलर्ट गरेको जनाईएको छ । जसको अहिले रूसले कनेक्सन खोजीरहेको जनाईएको छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!