अस्ट्रेलियामा कोरोनाबाट एकै दिन ७७ जनाको मृत्यु

Posted on: 18 Jan, 2022

माघ ४, काठमाडौँ | अस्ट्रेलियामा कोरोना संक्रमणबाट एकै दिन थप ७७ जनाको मृत्यु भएको छ। २४ घण्टायता अहिलेसम्मकै धेरै कोरोना संक्रमितको मृत्यु भएको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनका अनुसार अस्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७७ जनाको मृत्यु भएको छ।

संक्रमणबाट धेरैको मृत्यु हुन थालेपछि अस्ट्रेलियाका स्वास्थ्यमन्त्री ग्रेग हन्टले संक्रमण फैलिएको क्षेत्रमा यथाशक्य छिटो ५७ हजार नर्स र एक लाखभन्दा बढी स्वास्थ्य कर्मचारीहरू खटाउने बताएका छन्।

उक्त क्षेत्रमा पठाइने स्वास्थ्यकर्मीहरू तालिमप्राप्त र अनुभवी हुने भन्दै मन्त्री ग्रेगले ती क्षेत्रमा औषधिको समेत पर्याप्त आपूर्ति गर्ने जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!