सुडानमा हिंसा अन्त्यका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

Posted on: 19 Jan, 2022

माघ ५, काठमाडौँ | संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा हिंसा अन्त्यका लागि आह्वान गर्नुभएको छ । उहाँले केही समयदेखि यहाँ जारी रहेको हिंसाको अन्त्य गरेर शान्तिपूर्ण प्रक्रियाबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले अहिलेको हिंसा अन्त्य गरेर संयुक्त राष्ट्रसंघले मध्यस्थताका माध्यमबाट शान्ति स्थापना गर्न चाहेको मंगलबार बताउनुभएको हो । महासचिव गुटर्रेसले भन्नुभएको छ– सबैभन्दा पहिला त हामी यहाँको सरकारलाई हिंसा रोक्न आग्रह गर्दछौँ, हालैका दिनमा भएका प्रदर्शनहरुमा गरिएको जस्तो दमन तत्कालै बन्द गर्न पनि आग्रह गर्दछौँ ।

केही दिनअघि यहाँ नागरिकले गरेको प्रदर्शनमा घातक हतियारको प्रयोग गरी सरकारले दमन गरेको भन्दै यस्तो कार्य तत्कालै बन्द गर्न उहाँले आग्रह गर्नुभएको छ ।उहाँले यस्तो हिंसाबाट कुनै पनि किसीमको निकास निकाल्न सहज छैन भन्दै सुडानी सरकार र यहाँका सबै राजनीतिक शक्तिले समयमै यो कुरा बुझ्नुपर्ने उहाँले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!