ज्वालामुखीका कारण अस्तव्यस्त टोंगामा न्युजिल्यान्डको जहाज अवतरण

Posted on: 20 Jan, 2022

माघ ६, काठमाडौँ | ज्वालामुखीपछि ठूलो भौतिक क्षति सामना गरेको टोंगामा पानी र अत्यावश्यक सामाग्री बोकेको न्युजिल्यान्डको जहाज अवतरण गरेको छ । ज्वालामुखीका कारण खरानीले ढाकेको विमानस्थलमा फोहर पन्छाएपछि न्युजिल्यान्डको सेनाको जहाज टोंगाको मुख्य विमानस्थलमा अवतरण गरेको हो । अत्यावश्यक सामाग्री बोकेर टोंगाका लागि उडेका न्युजिल्यान्ड र अस्ट्रेलियाका अन्य जहाज बाटोमै छन् । 

शनिवार टापु राष्ट्र तोंगामा आएको ज्वालामुखी बिस्फोटमा ठूलो क्षति भएको थियो । खरानी र समुद्रको पानीले पानीको आपूर्तिमा असर गरेको छ । ज्वालामुखी बिस्फोटमा तीन जनाको मृत्यु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!