पुटिनको सेना परिचालन आदेश कमजोरीको संकेतः अमेरिका

Posted on: 21 Sep, 2022

असोज ५, किभ | राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी भूभागमा आंशिक सेना परिचालन गर्न दिएको आदेश आंशिक कमजोरीको संकेत भएको  युक्रेनका लागि अमेरिकी राजदूतले बुधबार बताएकी छिन् । 

जनमत संग्रह र सेना परिचालन रुसी असफलता को संकेत हो राजदूत ब्रिजेट ब्रिंक एक ट्विटर सन्देशमा लेखेकी छिन् । यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशमा आंशिक सैन्य परिचालनको आदेश दिएका थिए  । राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण जारी राख्दै अर्थतन्त्रलाई ‘युद्धकालीन चरणमा’ राख्नको लागि देशमा आंशिक सैन्य परिचालनको घोषणा गरेको बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!